×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दबाब झेल्न नसके एकता हुँदैन, ओली मुख्य दोषीः गजुरेल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दबाब झेल्न नसके एकता हुँदैन, ओली मुख्य दोषीः गजुरेल

Artha Sarokar

७ बैशाख २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले एकता प्रक्रिया सकारात्मक मोडमा जान नसकेको बताएका छन् । नेता गजुरेलले ओली भन्दा पहिले प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका शक्तिहरुले ओलीमाथि एकता नगर्न दबाब दिइरहेको बताए । उनले ती शक्ति को हुन् भन्नेबारे केही बताएनन् ।
केही संचार माध्यमहरुसँगको कुराकानीमा नेता गजुरेलले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दबाब झेल्न सकेमात्रै एकता हुने प्रष्ट भएको दाबी गरेका छन् । “ती शक्तिले प्रधानमन्त्री बनेपछि केपी ओलीमाथि दबाब दिएका छन् । त्यो दबाब उहाँले झेल्न सक्नु भयो भने एकता अघि बढ्छ, पछाडि हट्नु भयो भने एकता हुँदैन कुरा प्रष्ट छ” नेता गजुरेलले भने । यदि एकता नभए ओली मुख्य दोषी हुने घुमाउरो भाषामा भन्दै गजुरेलले प्रचण्डले उनीहरुको प्रस्ताव अस्वीकार गरेर एकतालाई जोगाएको पनि दाबी गरे ।
दुबै पार्टीको समान हैसियता एमालेले स्वीकार गर्न नसक्दा एकता घोषणा पछि धकेलिएको नेता गजुरेलको भनाई छ । एकता महाधिवेशनपछि पार्टी वा सरकारको नेतृत्वमध्ये एउटा प्रचण्डले पाउनु पर्ने माके नेताहरुको भनाई छ । “केपी ओली एउटा भूमिकामा हुँदा प्रचण्ड अर्को भूमिकामा रहने कुरा स्वततः छ । पहिलो महाधिवेशनसम्म त्यही हुन्छ” नेता गजुरेलले भने ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी