
काठमाडौँ – उदयपुरमा आगलागीबाट दुई घर जलेर नष्ट भएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका ७ मा भएको आगलागीमा स्थानीय हस्तबहादुर सार्की र मानध्वज सार्कीको घर र गुवाली जलेर नष्ट भएको हो ।
साँझ करिब ५ः०० बजेको समयमा हस्तबहादुरको भान्छा घरबाट सल्केको आगोले घर र घरभित्र रहेका सबै अन्नपात र सामग्री जलेर नष्ट भएको छ ।
घरसँगै टाँसिएर रहेका वस्तुभाउ बाँध्ने गोठसमेत जलेको र सोही घरबाट सल्किएको आगोले छिमेकी मानध्जवको पनि घर र गोठ जलेको हो । दुवै घरमा काठ र भुसको छानो भएकाले घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा र कागजात जलेर करीब ५ लाख बराबरको क्षति भएको बताइएको प्रहरीले जनाएको छ ।
गाउँपालिकासँग दमकल नभएको तथा अन्यत्रबाट ल्याउन सडक नपुगेका कारण आगो निभाउन गाउँलेहरुलाई हम्मे परेको थियो । भेला भएका स्थानीय र उदयपुरगढीबाट गएको प्रहरी टोलीको संयुक्त प्रयासमा साढे ४ः०० घण्टापछि राती ८ बजेतिर आगो नियन्त्रणमा लिएको बताइएको छ ।
आगलागीका कारण मानवीय र चौपाया क्षति हुन पाएन घर गोठ जलेपछि दुवै पीडित परिवार छिमेकीको शरणमा बसेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्