Skip to content
LAXMI SUNRISE BANK

नेपालीहरुको प्रतिब्यक्ति आम्दानी पुग्यो १ हजार डलर

अर्थ सरोकार

काठमाडौं – नेपालीहरुको प्रति ब्यक्ति आम्दानी एक हजार डलर पुगेको छ । बुधबार सार्वजनिक तथ्यांक अनुसार नेपालीहरुको प्रतिबर्ष आर्य केही मात्रामा बढेर एक हजार डलर पुगेको छ । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८९ प्रतिशत हुने र नेपालीहरुको प्रतिबर्ष आर्य एक हजार डलर पुग्ने तथ्यांक केन्द्रीय तथ्यांक विभागले गरेको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको थियो। तर ५.८९ प्रतिशतले आर्थिक बृद्धिदर हुने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ ।
यसअघि अर्थमन्त्रालयले आर्थिक वृद्धि ६ प्रतिशत हाराहारी हुने प्रक्षेपण गरेको थियो । एसियाली विकास बैंकले आर्थिक वृद्धि ४.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको थियो भने विश्व बैंकले ४.६ प्रतिशत मात्र हुने जनाएको थियो।
गत वर्ष नेपालीहरुको प्रतिबर्ष आर्य ८६२ डलर भएको तथ्याङक सार्वजनिक गरिएको थियो । यसबर्ष प्रति ब्यक्ति आम्दानीमा सुधार आएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK