×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्भेष्टर्स फोरमका एक-एक कर्तुत बाहिरिंदै, ठुलो चलखेल गरेर साना लगानीकर्ता फसाएका प्रमाण छताछुल्ल !

PRIME CA
GLOBAL IME BANK

इन्भेष्टर्स फोरमका एक-एक कर्तुत बाहिरिंदै, ठुलो चलखेल गरेर साना लगानीकर्ता फसाएका प्रमाण छताछुल्ल !

२५ चैत्र २०७४, आईतवार

पढ्न लाग्ने समय: < ३ मिनेट

  • समाचार टिप्पणी 
घटना १ :
बजार घटेका बेला इन्भेष्टर्स फोरमले अर्थमन्त्रीलाई भेट्यो । भेटमा के कुरा भयो सुरुमा आम लगानीकर्तालाई थाहा नै थिएन । तर उक्त भेटमा सकारात्मक कुरा भएको, अर्थमन्त्रीले सेयर बजार सुधारका कुरा भएको भन्ने हल्ला पिटाइयो । केहि मिडियाहरुलाई प्रयोग समेत गरियो । बजारमा त्यस्तो हल्ला आएपछि बजार बढ्यो पनि । यहि बेला इन्भेष्टर्स फोरममा केहि ठालुहरुले सेयर बेचे । पछि थाहा भयो, सेयर बजारका कुरा होइन, अर्थमन्त्रीले भेट्न आएका इन्भेष्टर्स फोरमका प्रतिनिधिहरुलाई त घरमा श्रीमतीले थर्काएभन्दा बेस्सरी थर्काएर पठाएका रहेछन् । यहाँबाट इन्भेष्टर्स फोरम लगानीकर्तालाइ कति झुट बोल्छ, र आफ्नो स्वार्थ पूरा गर्दोरहेछ भन्ने प्रमाणित भएको छ ।
घटना २ :
प्रसङ्ग अर्थमन्त्रीलाइ भेटेकोबारे नै हो । अर्थमन्त्रीले मार झपारेर पठाएपछि फोरमका एक पदाधिकारीले मिडियामा फोन गरेर भनेछन्, ‘अर्थमन्त्रीले सार्है राम्रो कुरा गर्नुभयो, सेयर बजार बढ्छ भनेर लेखिदिनु पर्यो ।’ नभन्दै भयो त्यस्तै । तर उनले त्यहि बेला ब्रोकर हाउसमा फोन गरेर भनेछन्, ‘भोलि बजार अलि बढ्लाजस्तो छ, त्यस्तै वातावरण मिलाउन मिडियाका साथीहरुलाई भनेको छु, मेरो फलानो फलानो सेयर बेचीदिनुहोला ।’ एक कान दुइ कान हुँदै यो कुरा लगानीकर्तासम्म नै आइपुग्यो । ब्रोकर निकटमा मान्छेले नै यो कुरा बाहिर ल्याए । सामाजिक संजालमा आफ्नो सुरक्षाको प्रत्याभूति भए यो प्रमाणनै बाहिर ल्याउन तयार छु भन्दै केहि लगानीकर्ताहरु जंगीएका छन् । यहाँ नेर पनि लगानीकर्तालाइ ठुलै धोका भयो ।
घटना ३ : 
फोरमको नाम प्रयोग गरेर एक पदाधिकारीले बैंकरलाई थर्काउने गरेको प्रसङ्ग त अव नयाँ नै रहेन । बजार घटेका बेला मार्जिन कल आउने बित्तिकै म फलानो फोरमको फलानो मान्छे हो, आवश्यक परे लगानीकर्ता उतार्छु भन्दै धम्की दिने काम फोरमका एक पदाधिकारीले गर्ने गरेको तथ्य फोरमका अध्यक्षले पनि स्वीकारेका छन् । हामीले केहि दिनअघि यसबारे प्रतिक्रिया माग्दा फोरमका अध्यक्ष अम्बिका पौडेलले भनेका थिए, ‘ए हो ? फेरि थर्काएछन् ? पहिला ल थाहा थियो, हालसालै त थाहा भएन ।’ यसले इन्भेष्टर्स फोरमका नाममा बजारमा कुन हदसम्मको गुण्डागर्दी छ भन्ने बुझ्न गाह्रो छैन ।

घटना ४ :
बजार घटेको थियो । फोरमका पदाधिकारीलाइ नै आछ्छु-आच्छु भएको थियो । जवर्जस्ती भए पनि बजार कसरी बढाउने भन्ने थियो सबैलाई । यहि बीचमा बजारमा ठुलो चलखेलकर्ताको आरोप लागेका अम्बिका पौडेलले आइडिया रचे, ‘आन्दोलनको धम्की दिने, बजार बढाउने र बढेको बजारमा सेयर फाल्ने ।’ उनकै डिजाइन अनुसार सबै कुरा भयो । आन्दोलनको धम्की पनि आयो । बजार पनि बढ्यो । र बाठाले सेयर पनि बेचे । आन्दोलन गरेको नै भए तीनका आन्दोलनमा केहि भेडा लगानीकर्ता, तीनका सदस्य र केहि भाडाका टट्टूहरु बाहेक खास कोहि आउनेवाला थिएन / छैन । किनकि पूराना माग राखेर उनीहरुले बजारमा चरम चलखेल गरिरहेका छन् भन्ने धेरैलाई थाहा छ ।
एक-एक कर्तुत बाहिरिंदै, हालको नेतृत्व ‘असक्षम’ प्रमाणित हुँदै !
यसो त पहिला पहिला पनि विभिन्न संगठनका नाममा बजारमा मनपरी नहुने गरेको होइन । तर इन्भेष्टर्स फोरममा अम्बिका पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि फोरमको इज्जत फोहोर बागमतीमै सेलाएको छ भन्दा पनि फरक पर्दैन । फोरम लगानीकर्ताको हक हितका लागि लाग्ने संस्था भन्दा पनि सिमित व्यक्तिका स्वार्थका लागि प्रयोग भएको डमी संस्था हो भन्ने धेरैलाई लाग्न थालिसकेको छ । आजीवन सदस्य हुन २५००० रुपैयाँ लिएर साना लगानीकर्तालाइ बाइकट गर्ने, ठुलाहरू बसेर चलखेल गर्ने, र केहि बैंकलाइ थर्काउनेबाहेक यो संस्थाको खास काम देखिएको छैन । अलिअलि बजार घट्दा बिज्ञप्ति निकाल्ने, अलि घट्यो भने फेरि निकाल्ने, आफ्नो पोर्टफोलियो कम हुँदै गयो भने आन्दोलनको घोषणा गरेर सानालाई फसाउने, नत्र अर्थमन्त्रीलाइ भेटेर मार गाली खाने अनि बाहिर अर्थमन्त्रीसंग निकै राम्रो कुरा भयो भनेर झुट बोल्ने बाहेक यो संस्थाको केहि काम नै देखिएको छैन ।
यसअघि पनि खास काम नगरेको भएपनि फोरम यति विवादमा आएको थिएन । तर अम्बिका पौडेल फोरमको अध्यक्ष भएपछी गलत गर्नेलाई पनि दशा लागेको छ, उनलाई पनि दशा लागेको छ । किनकि फोरमका एक-एक कर्तुतहरु बाहिर आउन थालिसकेको छ । अझ अचम्मको कुरा त के छ भने काम सकियो अव केहि हप्तामै लाइभ गर्ने भनेर वाईको कम्पनीले अनलाइनको डेमो हेर्न बोलाउँदा पनि जाने र करिव १ बर्ष पछी सोहि कम्पनीले ८०% काम सकियो भन्दा पनि खुसी हुने मुर्खहरुको झुण्ड फोरममा हुँदा एकातर्फ गलत काम गर्ने वाईको कम्पनीजस्ताले संरक्षण पाईरहेका छन् भने अर्कोतर्फ लगानीकर्ताका अगाडी फोरमको इज्जत माटोमा मिल्न थालेको छ ।
यो पनि पढ्नुहोस् :

संगठनका नाममा ‘गुण्डागर्दी’ गर्दै लगानीकर्ताका कथित संघहरु, बैंकरलाई थर्काउनेदेखि धम्काउनेसम्मका हर्कत !

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: