×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता बैंक लिमिटेडको सुपर एजेन्टमा जीएमई रेमिट, दुइ पक्षबीच भयो यस्तो सम्झौता !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जनता बैंक लिमिटेडको सुपर एजेन्टमा जीएमई रेमिट, दुइ पक्षबीच भयो यस्तो सम्झौता !

७ बैशाख २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – जनता बैंक नेपाल लिमिटेडले आफ्नो ‘जनता रेमीट’ को सुपर एजेन्ट भई कार्य गर्न जीएमई रेमिट प्रालिलाई नियुक्त गरेको छ । उक्त सुपर एजेन्ट सम्बन्धि संझौतामा जनता बैंक नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्रीे र जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्तक्षर गरे ।
हस्ताक्षर समारोहमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वीनारायण श्रेष्ठको पनि उपस्थिति थियो । सम्झौता बमोजिम “जनता रेमिट” मार्फत पठाएको रकम जीएमई रेमिट प्रा. लि. ले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्नेछ भने जीएमई रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंक नेपाल लि. ले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नेछ ।
रेमिट्यान्स भुक्तानीको लागि जिएमई रेमिटको देशभरी ६ हजार भन्दा बढी सब–ऐजेन्टहरु रहेका छन् भने जनता बैंक नेपाल लि. ले देश भरीका १०८ शाखा तथा ३३ शाखा रहित बैंकिङ्ग मार्फत रेमिट्यान्स सेवा प्रवाह गरिरहेको छ ।
हाल जीएमई रेमिट्यान्सले खाडि मुलूकहरू, हङ्गकङ्ग, मलेसिया, दक्षिण कोरिया, जापान लगाएतका देशहरुबाट रमिट्यान्स कारोवार गर्दै आएको छ । आन्तरिक संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै आएको जनता बैंक तथा जीएमई रेमिट दुबैले विदेशमा पनि आफ्नो संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनीति लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी