Skip to content
LAXMI SUNRISE BANK

जनता बैंकले एकैसाथ विस्तार गर्यो आठ नयाँ शाखा

अर्थ सरोकार

आर्थिक बर्षको सुरुदेखि नै शाखा विस्तारमा निरन्तरता दिएको जनता बैंक नेपाल लिमिटेडले एकै साथ आठ नयाँ शाखाबाट कारोबार सुरु गरेको छ । बैंकले पाल्लाको रामपुर न.पा. ५, कैलालीको टिकापुर न.पा. १, स्याङ्जाको वालिङ न.पा. ८, काठमाडौँको महाराजगंजशाख, ललितपूरको ग्वार्को, रुपन्देहीको तिलोतमा न.पा. ५, नयाँमिल, नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका १, दुम्किबास शाखा, र बर्दियाको ठकुरबाबा न.पा.वडा नं. १, भुरीगाँउमा नयाँ शाखा स्थापना गरी कारोबार सुरु गरेको हो ।
उल्लेखित शाखामध्ये रामपुर, टिकापुर र वालिङ शाखाको कारोबार चैत्र १५ गते देखि र बाँकी ५ शाखाको कारोबर १६ गते देखि सुरु गरिएको बताइएको छ । यससँगै बैंकको शाखा संख्या १०६ पुगेको पुगेको छ । कुल शाखामध्ये, काठमाडौं उपत्यकामा १७ शाखाहरु रहेका छन् । यस अतिरिक्त बैंकले ३३ शाखारहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ । 
बैंकको हाल रु. ५३ अर्ब २४ करोड निक्षेप र रु. ४९ अर्ब ८२ करोड कर्जा कारोबार रहेको छ । बैंकले आ.ब. २०७३/७४ को मुनाफाबाट बोनस सेयर वितरण गरेपश्चात चुक्ता पुँजी आठ अर्ब सात लाख रुपैयाँ पुगेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK