
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – काबेली विकास बैंकले आजदेखि संस्थापक समूहको ४५ हजार ३५१ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । यसमा वैशाख ४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । लिलामीमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमल, काठमाडौं तथा ग्लोबल आइएमई बैंकका वीरगञ्ज, विराटनगर, सुर्खेत, धनगढी, पोखराको सभागृह चोक, बुटवलको मिलन चोक र नेपालगञ्जको त्रिभुवन चोकबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् । काबेलीले यसअघि ५०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्