Skip to content
LAXMI SUNRISE BANK

कैलाश विकास बैंकको ४८ औँ शाखा बारा जिल्लाको गंजभवानीपुरमा

अर्थ सरोकार

काठमाडौं – कैलाश विकास बैंकले बारा जिल्लाको गंजभवानीपुरमा आफ्नो ४८ औँ शाखा स्थापना गरेको छ । बैंकले सोमवारदेखि सो शाखाबाट कारोवार शुभारम्भ गरेको हो ।
शाखाको शुभारम्भ महागढिमाई नगरपालिकाका उपमेयर तारादेवी कानुले गरेकी हुन् । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४८ पुगेका छन् । एटिएम संख्या २२ छ । बैंकले निकट भविष्यमा सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठांउहरुमा शाखा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड छ । यस संस्थाले २०७४ चैत्र मसान्तसम्म रु. २० अर्व ३६ करोड निक्षेप र रु.१८ अर्ब ३३ करोड कर्जा प्रवाह गरेको छ ।
बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाएल बैंकिङ, एसएमएस बैंकिङ ईन्टरनेट बैंकिङ सेवा, सेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिट्यान्स सेवा लगायतका सेवा प्रदान गर्दै आएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK