×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका पावरको आइपीओ निष्कासन गर्न पुग्यो धितोपत्र बोर्ड

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कालिका पावरको आइपीओ निष्कासन गर्न पुग्यो धितोपत्र बोर्ड

Artha Sarokar

६ बैशाख २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाठौं – कालिका पावर कम्पनीले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १२ लाख कित्ता  आइपिओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आइपीओ बिक्री गर्न लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । 
यसको बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटल रहेका छन् । कालिकाले जारी पुँजीको २०% आइपीओ आफ्ना कर्मचारी र सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कालिकाले यसअघि आयोजना प्रभावित गोरखा जिल्लाका स्थानीयलाई ६ लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी