- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कामना सेवा विकास बैंकको १५% हकप्रद सेयर बाँडफाँट भएको छ । बैंकले ३० लाख ९४ हजार १५४.७७ कित्ता सेयर बिक्री खुला गरेकोमा २२ लाख ४४ हजार १९१ कित्ताका लागि मात्र आवेदन परेको छ । यसआधारमा ८ लाख ४९ हजार ९६३.७७ कित्ता हकप्रद बिक्री हुन सकेन ।
बिक्री नभएको सेयर कामनाले अब लिलामीमा ल्याउनेछ । यस हकप्रदमा ३२ हजार २२२ जनाले आवेदन दिएका थिए । हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ६ करोड २७ लाख ६९ हजार रुपैयाँ छ । हकप्रद र बाँकी रहेको लिलामीमा बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ३७ करोड २१ लाख ८५ हजार रुपैयाँ पुग्नेछ ।