
काठमाडौं – भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नजिकिदै गर्दा कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास क्षेत्रमा भने भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादती बढेको छ । यो अन्नपूर्ण पोस्टमा खबर लेखेका छन् ।
भारतीय सीमा सुरक्षा बल एसएसबीले पुनर्वास नगरपालिका–९ मा नेपाली पक्षले जङ्गली जनावरको आतंकबाट बच्न लगाएको तारबार उखेलेर फालिदिएको छ । भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावर नियन्त्रण गर्न विद्युतीय तारबार लगाउन खोज्दा भारतीय पक्षले अवरोध गरेको हो ।
नेपाल–भारत सीमा पिल्लर १९१ देखि १९४ सम्म नेपाली पक्षले आफ्नै भू–भागमा लगाउन खोजेको तारबार भारतीय पक्षले निकालेर फालिदिएको हो । ‘हतियारसहित भारतीय एसएसबी आएर तारबार निकालेर फालिदियो’ पुनर्वास नगरपालिका ९ का वडा अध्यक्ष नारायण प्रसाद जैशीले भने,‘ वर्षेनी जङ्गली जनावरले दिँदै आएको दुःख रोक्नका लागि तारबार लगाउन लागेका थियौं’ ।
एसएसबीको ३९ औं बटालियन अन्तर्गत घोला क्याम्पबाट सयौंको संख्यामा आएका भारतीय सीमा सुरक्षा बलको टोलीले नेपाली पक्षले लगाएको तारबार निकालेर फालेको हो । ‘यो सीमा क्षेत्रमा तारबार लगाउन पाइदैन भन्दै धम्की दिएर भत्काइयो’ वडा अध्यक्ष जैशीले भने,‘नेपाली प्रशासनले आग्रह गर्न खोज्दा समेत एसएसबीले अटेरी गर्यो’ ।
पुनर्वास नगरपालिका ९ बीचफाँटामा नेपाली पक्षले आफ्नै भूमिमा ३२ मिटर तारबार लगाउन लागेको हो । २९ सय मिटरसम्म तारबार लगाइसकेपछि बाँकी भू–भागमा लगाउन लागेका बेला एसएसबीले अबरोध गरेको हो । स्थानीयले ८/८ हजार रकम उठाएर तारबार लगाउन थालेका हुन् ।
‘वडा कार्यालयबाटसमेत ६ लाख रकम विनियोजन गरिएको हो’ वडा अध्यक्ष जैशीले भने,‘ विभिन्न संघसंस्थाको समेत सहयोगमा जङ्गली जनावरको आतंक रोक्नका लागि तारबार लगाउन खोजिएको हो’ । स्थानीयले पिल्लर नम्बर १८३ देखि १९१ सम्म १ किलोमिटर क्षेत्रमासमेत तारबार लगाएका छन् । भारतीय दुधवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरले अन्नबाली नष्ट गर्दै आएको छ ।
पुनर्वास नगरपालिका, विभिन्न संघसंस्था र स्थानीयलेसमेत रकम उठाएर सौर्य उर्जामा आधारित विद्युतीय तारबार बनाउन सुरुवात गरिएको थियो । तारबार लगाउनु अघि दुवैपक्षबीच सहमति भएर काम अघि बढेपनि अन्तिममा आएर एसएसबीले अवरोध गरेको हो । पुनर्वासको सीमावर्ती क्षेत्रमा सीमा विवाद रहेको भन्दै एसएसबीले पटक–पटक अवरोध गर्दै आएको छ ।
स्थानीयले पुनर्वास क्षेत्रमा तत्काल सीमा सर्भे हुुनुपर्ने माग राखेका छन् । ‘गतवर्षसमेत सीमा विवादमै गोविन्द गौतमले ज्यान गुमाए’ स्थानीय पत्रकार हेमन्त न्यौपानले भने,‘ पटक–पटक हुने यस्ता विवाद अन्त्य गर्न तत्काल समाधान हुुनुपर्छ’ । उनले उच्चस्तरीय सीमा सर्भे टोली आएर सीमा समस्या समाधान हुनुपर्ने बताए । पुनर्वासमा गतवर्ष भएको घट्नापछि संयुक्त सर्भे टोली आएपनि सर्भे नगरेरै फर्किएको थियो ।
भारतीय प्रधानमन्त्रीले २ सातापछि गर्न नेपाल भ्रमणमा सीमामा भारतीय पक्षबाट हुने गरेको ज्यादतीका विषयमा गम्भिर रुपमा वार्ता हुनुपर्ने स्थानीयको माग छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सीमा क्षेत्रमा भारतीय पक्षबाट भएको ज्यादतीका बारेमा भारतीय अधिकारीहरुसँग छलफल भएको बताए ।
‘ एसएसबीले हिजो गरेको गल्तिको माफि मागेको जानकारी आएको छ’ सीडीओ खड्काले भने,‘ स्थानीयस्तरमा दुवैपक्षको वार्तामा तत्काल विवाद अघि बढ्न नदिने सहमति भएको छ’। सर्भे टोलीले काम शुरु नगर्दासम्म अब तारबार लगाउने काम अघि नबढाउने सहमति भएको उनले बताए । उनले अहिले सीमा सर्भे टोलीले कैलालीमा सर्भे गरिरहेको भन्दै छिट्टै कञ्चनपुरमा समेत सर्भेको काम थाल्ने बताए ।
कञ्चनपुरको दक्षिणी क्षेत्रका जनता भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरले स्थानीयको अन्नबाली नष्ट गर्दै आइरहेको छ । जङ्गली जनावरले पु¥याउदै आएको क्षति रोक्नका लागि भन्दै त्यस क्षेत्रका स्थानीयले सरोकारवाला निकायलाई पटक–पटक आग्रह गर्दै आइरहेका थिए । त्यसक्षेत्रमा हात्तीले धेरै क्षति पु¥याउने गरेको छ ।
हात्तीले खेतबालीमा लगाएको अन्न नष्ट गर्नुका साथै स्थानीयका घर समेत भत्काउने गरेको छ । हात्तीको आक्रमणबाट उक्त क्षेत्रमा अहिलेसम्म ३ जनाले ज्यान गुमाइसकेका छन् । पुनर्वास क्षेत्रमा विगत लामो समयदेखि प्यारातालको विवाद कायमै रहेको छ । भारतीयले प्याराताल आफ्नो भूमिमा पर्ने भन्दै कब्जा गरेको छ । त्यस्तै सीमा क्षेत्रका अधिकाशं खेतीयोग्य जमिनसमेत भारतीयले उपभोग गर्दै आइरहेका छन् ।
गतवर्ष पुनर्वास नगरपालिका ८ मै कल्र्भट निर्माण गर्ने विषयमा विवाद हुँदा गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोली लागेर मारिएका थिए । उक्त घट्नापछि पनि बारम्बार सीमा क्षेत्रमा भारतीय पक्षबाट ज्यादती हुदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्