
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- अर्थमन्त्री डा. युवराज खतिवडाले जनतालाई ढाँटेको पुष्टी भएको छ । संसद मार्फत श्वेतपत्र दुईसाता अगाडी सार्वजनिक गरेका खतिवडाले उक्त स्वेतपत्रमा बोलिएका झुट प्रेस बिज्ञप्ति निकालेर सच्याएपछी यस्तो खुलासा भएको हो । कांग्रेसी सरकारले देशको ढुकुटी रित्तो बनाएको आरोप लगाउने उनले जनताको आँखामा छारो हाल्ने गरी गरिएका घोषणाहरु स्वेतपत्रमा सच्याएका छन् ।
कांग्रेसी सरकारले ढुकुटी रित्याएको आसय दिएर स्वेतपत्रमा उल्लेख गरेका खतिवडाले बुधबार अग्रेजी दैनिक पत्रिका ‘द काठमाडौं पोष्ट’ मा बिज्ञप्ति छपाउँदै ढुकुटी नरित्तिएको जानकारी गराएका छन् । चौतर्फी दवाव आएपछि र सबैतिरबाट यसबारे चासो देखिएपछि उनले यस्तो कदम चालेका हुन् । तत्कालिन देउवा सरकारले ढुकुटी रित्याएको आफुले अव शून्यबाट सुरु गर्न लागेको श्वेतपत्रमा अथमन्त्री खतिवडाले उल्लेख गरेका थिए । तुरुन्तै काँग्रेसी नेताहरुको खरो टिप्पणी आएपछि खतिवडाकै विरोध सुरु भइसकेको थियो ।
अर्थमन्त्री खतिवडाले के भनेका थिए ? अहिलेको विज्ञप्तिमा के छ ?
बजेट अनुशासन उल्लङ्घन भएका कारण सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा रहेको बताएका खतिवडाले पत्रकार सम्मेलनक क्रममा अहिले राजस्व, विप्रेषण, बाह्य व्यापार, लगानी, विदेशी मुद्राको सञ्चिति लगायत अर्थतन्त्रका सबैजसो महत्त्वपूर्ण पक्षहरूमा नकारात्मक प्रभाव परिरहेको बताएका थिए । उनले भनेका थिए, ‘अपवादलाई छोडेर समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक छैनन्। आयातमा आधारित राजस्व र विप्रेषणमा आधारित उपभोगको चक्रमा अर्थतन्त्र रुमल्लिरहेको छ। बाह्य क्षेत्रमा धान्नै नसकिने असन्तुलनले विदेशी मुद्राको सञ्चितिमा चाप परेको छ,’ उनले भनेका थिए, ‘बजेट अनुशासन उल्लङ्घन भएका कारण सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा छ ।’ तर केहि समयपछी खतिवडाले पत्रिकामा बिज्ञप्तिमार्फत मुलुकको अवस्था स्वेत पत्रमा छापिएजस्तो नभएको जानकारी गराएका छन् ।

खतिवडाका कर्तुत छताछुल्ल !
यसरी स्वेतपत्रमा एउटा भन्ने अनि बिज्ञप्ति निकालेर अर्को भन्ने गरेका खतिवडाले दोषजति सबै कांग्रेसी सरकारलाई लगाएर आफुचाहिं ढुकुटी रित्याउँन लागि परेको आरोप सरोकारवालाहरुले लगाएका छन् । पहिला देशको ढुकुटी रित्तो छ भनेर भन्ने, अनि सबैतिर प्रचार भइसकेपछी फेरि दवावमा बिज्ञप्ति नै निकालेर देशको अवस्था त्यस्तो छैन भनेर भनेर फलाक्नुका पछी कस्तो रहस्य छ भन्ने कुरा बुझ्न गाह्रो छैन । यसले खतिवडा कस्ता अर्थमन्त्री रहेछन् भन्ने पनि प्रमाणित भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्