
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७५ को पहिलो दिन रारा ताल किनारबाट देशवासीका नाममा सम्बोधन गरेका छन् ।
उनले सरकारले अबको पाँच वर्ष भित्र धनी र गरिब बिचको खाडल घटाउँदै जाने लक्ष्य लिएको उनको भनाई छ । सरकार जनताको भएकाले अब कोही पनि नेपाली जनताले आधारभूत आवश्यकताबाट बन्चित हुन नपर्ने, सरकार नेपाली जनताको भएकाले नेपाली जनतालाई सरकारले भोक भोकै मर्न नदिने बताए ।
उनले सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले वाम गठबन्धनलाई जनताको स्पष्ट बहुमत प्राप्त भएको र जनताको बहुमतलाई दुरुपयोग गर्न नहुने बताए ।
निर्वाचनमा प्राप्त बहुमत व्यक्तिगत स्वार्थ पुरा गर्ने अवसर नभएर जनताको सेवा गर्ने तथा कर्तव्य पालना गर्ने अवसर भएको बताए । प्रतिपक्षलाई प्राप्त जनताको मत पनि सदनमा विरोध मात्र गर्ने नभई देश विकास र समृद्धिका लागि रचनात्मक सुझाव राख्ने अवसर भएकाले देशमा अहिले सहमति, सहकार्य र राष्ट्रिय एकतालाई प्राथामिकता दिनु पर्नेमा जोड दिए ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रियता, सामाजिक सद्भाव खलबल्याई जस्तो सुकै हिंसात्मक गतिविधि गर्ने कार्य कसैलाई छुट नहुने बताए । नेपालललाई कृषि प्रधान देश मानिए पनि वर्तमान कृषि प्रणाली निर्वाह मुखि, अव्यवहारिक खेती प्रणाली, उर्वर भूमिको खण्डिकरण प्रमुख चुनौती रहेको ओलीले बताए ।
अबको पाँच वर्ष भित्र नेपालको कृषि उत्पादन चार गुणाले वृद्धि गर्ने गरी कृषिमा आधुनिकीकरण, व्यवसायिकरण गर्दै कृषिलाई सम्मानित पेसा बनाउन सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेट्ने प्रधान मन्त्रीको सम्बोधनमा उल्लेख गरिएको छ । उनले शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार विकासलाई सरकारले प्राथामिकतामा राखेको जानकारी गराए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्