×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मानवीय सहकारीको बदमासी : ऋण तिरिसकेपछि पनि सम्पत्ति अर्काकै नाममा पास गर्न चलेखेल ! (सम्पूर्ण कागजातसहित)

  • अर्थ सरोकार इन्भेष्टिगेसन ब्यूरो 
काठमाडौँ- पछिल्लो समयमा सहकारीले ठगेका ऋणीहरुका एक-एक घटना बाहिर आइरहेका बेला मानवीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ऋणीको जग्गा खान खोजेको भन्दै विभिन्न निकायमा ऋणीहरुले हार गुहार गरेको तथ्य बाहिर आएको छ । आफुमाथि अन्याय भएको भन्दै पीडीतहरुले अर्थ सरोकार डटकममा स-प्रमाण मानवीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको बदमासीसहित आएपछि यस्तो खुलासा भएको हो । मानवीय सहकारीले निकै नै अमानवीय काम गरेर, सहकारीका अध्यक्षको मिलेमतोमा आफ्नो सम्पत्ति खान लागेको पीडित पक्षको दावी छ । आफुले ऋण तिर्दा तिर्दै पनि आफ्नो सम्पत्ति अरुको नाममा नामसारी गर्न लागेको भन्दै पीडीत पक्षले सम्बन्धित सबै निकायहरु गुहारेको छ भने सबैतिर सहकारीका अध्यक्षकै सेटिङ भएको आरोप लगाउँदै पीडीत पक्ष अर्थ सरोकार डटकमसम्म आइपुगेको थियो ।
यस्तो छ पीडीत पक्षले दिएको घटनाबारे बयान 
पीडीत पक्षका अनुसार मानवीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नीतु हाउजीङको जग्गा राखी ऋण लिइएको थियो । ‘हामीले नितु हाउजीङको नाममा रहेको २ कित्ता जग्गा धितोमा राखेर टिकाराम तिवारीका नाममा ऋण लिइएको थियो । सुरुमा उहाँले केहि किस्ता बुझाउनुभयो । पछी उहाँले बाँकी किस्ता तिर्नुभएन ।पछी उक्त ऋणको रकम सावाँ र ब्याज गरी धेरै भएपछी सहकारीले लिलाम गरेर लियो । केहि समयपछी टिकाराम तिवारीले डिभिजन सहकारीमा ऋण तिर्छु भनेर निवेदन दिए । डिभिजन सहकारीले त्यसपछि सम्बन्धित सबैलाई पत्र लेख्यो ।’ पीडीत पक्षले अर्थ सरोकार डटकमसँग भने, ‘त्यसपछि समन्धित सबै पक्ष बसियो । मंगलबारसम्म सहकारीको खातामा पैसा जम्मा गर्ने सहमति पनि भयो । त्यहि सहमति अनुसार उक्त सहकारीको खातामा पैसा जम्मा पनि भयो । तर प्राविधिक कारणले भोलिपल्ट मात्रै उक्त सहकारीको खातामा पैसा जम्मा भयो । त्यो दिन सहकारी दिवस पनि थियो । त्यो सहकारी बन्द पनि थियो । तर उक्त जग्गा अर्कै व्यक्तिलाई विक्री वितरण गर्न ठिक्क पारिएको रहेछ । भोलिपल्ट हामी सहकारीको कार्यालयमा गयौं । अध्यक्ष थिएनन् । फोन एसएमएस, केहीको पनि प्रतिक्रिया आएन । हामीले ७८ लाख रुपैयाँ तिरेका छौं । तर सहकारीका अध्यक्षको मिलेमतोमा उक्त जग्गा ७५ लाखमै अरुलाई बेच्न लागिएको छ । हामीले सबै निकायहरु चाहारीसक्यौं । मालपोतले हाम्रो निवेदन दर्ता लिनै मानेन । सहकारीका अध्यक्ष मनोज बास्तोलाले हाम्रो जग्गा खान खोजे । सहकारीको नियम अनुसार ऋणीले सावाँ व्याज तिरेपछि उक्त जग्गा पाउनुपर्ने पहिलो हक ऋणीको हो । त्यहि अनुसार सहमति पनि भएको हो । 

नियममा के छ ? के भन्छ सहकारी ?
नियम अनुसार सावाँ र ब्याज तिरेपछि सम्पत्ति ऋणीकै हुने हो । यो लीलामी भइसकेको जग्गाको प्रकरण भएपनि मंगलबारसम्म पैसा बुझाउन भनिएकोमा ऋणीले सोहि दिन नै पैसा जम्मा गरिदिएका छन् । सहकारीमा कुन दिन के कारणले पुग्यो भन्ने फरक कुरा हुन सक्छ । तर बैंकमा सोहि दिननै डिपोजिट भएपछी ऋणी सेफल्याण्डमा हुनुपर्ने हो । त्यसमाथि सामान्य रुपमा हेर्दा पनि सहकारीले ७५ लाखमा अन्यलाई यो जग्गा बेच्न लागेको देखिन्छ । जवकी ७८ लाख ऋणीले तिरेका छन् । तर यस विषयमा हामीले बुझ्न खोज्दा सहकारीका अध्यक्ष मनोज बास्तोला सम्पर्कमा आउनै चाहेनन् । हामीले पटक पटक उनलाई सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कबिहिन हुनुले ‘दालमा केहि कालो’ छ भन्ने संकेत गरेको छ ।   

बाँकी तलका निवेदनहरु आफैं बोल्छन् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: