Skip to content
LAXMI SUNRISE BANK

एमालेले समान हैसियतमा एकता हुन्न भनेपछि माओवादी ब्याक ! अब के गर्छन् प्रचण्ड ?

अर्थ सरोकार

काठमाडौं – एमालेसँगको एकीकरणमा बराबरीको अडान राखेको माओवादी केन्द्र त्यसबाट पछि हटेको छ।
माओवादी नेताहरुले बराबरीको सट्टा एमालेसँग सम्मानजनक एकीकरण हुनुपर्ने प्रस्ताव गरेका छन्। एकीकृत पार्टीमा कुन दलको कति सदस्य रहने भन्ने विवादका बीच माओवादी केन्द्रले एकताको आधार ‘सम्मानजनक’ हुनुपर्ने प्रस्ताव गरेको हो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा एकताको विषयमा छलफल गर्न आइतबार बैठक बसेको थियो। एकता अङ्क गणितका आधारमा होइन, सम्मानजनक हुनुपर्छ भन्ने हिसाबले बैठकमा छलफल भएको माओवादी नेता विश्वनाथ साहले बताए।
बैठकमा अध्यक्ष प्रचण्डले एकता हुँदा दुईचार पद तलमाथि हुनसक्ने बताए। गोरखापत्र दैनिकमा खबर छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK