
काठमाडौं – एमालेसँगको एकीकरणमा बराबरीको अडान राखेको माओवादी केन्द्र त्यसबाट पछि हटेको छ।
माओवादी नेताहरुले बराबरीको सट्टा एमालेसँग सम्मानजनक एकीकरण हुनुपर्ने प्रस्ताव गरेका छन्। एकीकृत पार्टीमा कुन दलको कति सदस्य रहने भन्ने विवादका बीच माओवादी केन्द्रले एकताको आधार ‘सम्मानजनक’ हुनुपर्ने प्रस्ताव गरेको हो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा एकताको विषयमा छलफल गर्न आइतबार बैठक बसेको थियो। एकता अङ्क गणितका आधारमा होइन, सम्मानजनक हुनुपर्छ भन्ने हिसाबले बैठकमा छलफल भएको माओवादी नेता विश्वनाथ साहले बताए।
बैठकमा अध्यक्ष प्रचण्डले एकता हुँदा दुईचार पद तलमाथि हुनसक्ने बताए। गोरखापत्र दैनिकमा खबर छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्