×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगाको सञ्चालकमा पूनर्वहाली गरी पाउँ भनी अग्रवालले राष्ट्र बैंकमा दिएको निवेदन खारेज ! अग्रवालले दिए यस्तो प्रतिक्रिया

अर्थ सरोकार

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार

PRIME CA

मेगाको सञ्चालकमा पूनर्वहाली गरी पाउँ भनी अग्रवालले राष्ट्र बैंकमा दिएको निवेदन खारेज ! अग्रवालले दिए यस्तो प्रतिक्रिया

  • अर्थ सरोकार सम्बादाता 

काठमाडौँ – मेगा बैंकले आफुलाई गैरकानुनी रुपमा निकालेको भन्दै आफुलाई पुनर्वहाली गरी पाउँ भनी संचालक निवेदन अग्रवालले राष्ट्र बैंकमा दिएको निवेदन राष्ट्र बैंकले खारेज गरेको छ । एजीएमको विषयलाई लिएर समेत उनले दिएको निवेदन राष्ट्र बैंकले खारेज गरेको खबर प्राप्त भएको मेगा बैंकका अर्का संचालकले पुष्टी गरे । ‘गभर्नरस्तरीय निर्णय भएको छ । अग्रवालजीले दिनुभएको आवेदन खारेज भएको छ ।’ अर्थ सरोकार डटकमसँग मेगा बैंकका अर्का एक संचालकले भने ।      
यता दीपेन्द्र अग्रवालले भने आफुलाई यस विषयमा केहि पनि थाहा नभएको स्पष्ट पारे । ‘हुन त मलाइ मेगाले समेत निकालेको भनेर चिठी दिएको छैन । यहाँ जसले जे गरेपनि हुने भएको छ । जनताको पैसा खर्च गरेर मदन संचालकहरु विदेश घुम्न हुन्छ । आफ्नी बुढी लिएर मेगा बैंकको पैसामा मनपरी हिसावले विदेश घुम्न जान हुन्छ । अनि हामीले जनताका पक्षमा बोल्न हुँदैन । जनताको पैसामा मनपरी गर्न हुन्छ । तर हामी जनताको पक्षमा काम गर्नेलाई यस्तै हुन्छ । बाँकी त म के भनौं र ?’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै अग्रवालले भने ।       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: