
काठमाडौँ – सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूतले शिष्टाचार भेट गरेकी छन् । आज (बुधबार) सभामुखको कार्यालय सिंहदरबारमा स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ वोन क्यापेलरले शिष्टाचार भेटवार्ता गरेकी हुन् ।
सभामुख महराले भेटमा संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदबीच फ्रेन्डसीप ग्रुप स्थापना गर्ने बारेमा पहल बढाउनुपर्ने बताए । भेटघाटका क्रममा राजदूत क्यापेलरले सभामुखमा निर्वाचित भएकोमा सभामुख कृष्णबहादुर महरालाई बधाई र शुभकामना व्यक्त गरेकी थिइन् ।
सभामुख महराले लामो विद्रोहलाई शान्तिप्रक्रियामार्फत् टुङ्गोमा पु¥याई देशको समृद्धिमा लागिरहेको बताए ।
‘शान्तिप्रक्रियाका धेरै काम टुङ्गिएका छन्, नयाँ संविधानको निर्माण भएको छ, सभामुख महराले भने, ‘सबै तहका निर्वाचन सम्पन्न गरी देश विकासका लागि समृद्धिको यात्रामा छौं ।’ शान्ति प्रक्रियाको क्रममा स्वीट्जरल्याण्ड सरकारले राम्रो सहयोग गरेको भन्दै सभामुख महराले खुसी व्यक्त गरे ।
सभामुखसँगको भेटमा राजदूत क्यापेलरले स्वीट्जरल्याण्ड र नेपालको सम्बन्ध राम्रो भएको बताउँदै सम्बन्धलाई अझैं सुमधुर बनाउन एक अर्कामा अनुभव आदान प्रदान गर्नुपर्नेमा जोड दिइन् । नेपालले शान्ति प्रक्रियालगायत संविधान निर्माणसम्म सफलतापूर्वक पूरा गरेकोमा खुसी व्यक्त गरीन् ।
भेटमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, प्रवक्ता भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्