×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

EXCLUSIVE: भारतबाट यसरी भित्रिन्छ चोरीका मोटरसाइकल, बिलबुक र सरकारी छाप पनि नक्कली !

PRIME CA
GLOBAL IME BANK

EXCLUSIVE: भारतबाट यसरी भित्रिन्छ चोरीका मोटरसाइकल, बिलबुक र सरकारी छाप पनि नक्कली !

१० बैशाख २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौँ – भारतबाट विभिन्न नाका हुँदै ठुलो संख्यामा चोरीको मोटरसाइकल नेपाल भित्रिने गरेको तथ्य खुलेको छ । भारतको विभिन्न सहर तथा शो-रुम बाट मोटरसाइकल चोरी गर्ने र ती मोटरसाइकल नेपालमा ल्याएर बिक्रीवितरण गर्ने एक समुहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा हेकुली -३ दाङका सनम चौधरी, धिमाल-२ मकवानपुरका धन बहादुर योन्जन र बिर्तेस्वर-८ दोलखाका गोपाल नेपाली रहेका छन् । महानगरीय प्रहरी परिषर टेकुका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक विश्वराज पोखरेलका अनुसार प्रहरीले उनीहरुको साथबाट १३ ओटा मोटरसाइकल, ६ थान विभिन्न मोटरसाइकलको साँचो, ७ थान नक्कली बिलबुक र नगद १ लाख ४५ हजार ३ सय ५० रुपैया बरामद गरेको छ । 
‘भारत बाट चोरीका मोटरसाइकल नेपाल ल्याई नक्कली बिलबुक समेत बनाएर खरिदकर्तालाई झुक्काई मोटरसाइकलको बिक्रीवितरण हुने गरेको छ भन्ने सूचना हामीले पाएका थियौं । त्यहि सूचनालाई सदुपयोग गर्दै प्रहरीले यो समूह पक्राउ गर्न सफल भयो ।’ एसएसपी पोखरेलले बताए । 
यसरी मिलाइन्छ सेटिङ 
भारतका विभिन्न स्थानबाट चोरिएका मोटरसाइकल नेपालमा २ ओटा नाकाबाट भित्रिने गरेको पाईएको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार बिरगंज र भैरहवा नाका नै चोरीका मोटरसाइकल भित्रिने नाका हुन् । बिरगंज नाकाबाट साजन शाहले मोटरसाइकल नेपाल छिराउने गर्छन भने भैरहवा नाकाको जिम्मा बिराज मगरको रहेको छ। उनीहरुले ति मोटरसाइकल बाराका सगर आलेको जिम्मा लगाउने गर्थे। त्यसपछि सागर आलेले पक्राउ परेका धन बहादुर योन्जनलाई बुझाउने गर्थे । र तिनै धनबहादुरले चोरीका मोटरसाइकल बिलबुक सहित सनम चौधरी र गोपाल नेपाली मार्फत नेपाली बजारमा बिक्रीवितरण गर्ने गरेको तथ्य बाहिर आएको छ । 
बिलबुक देखि सहकारीको छाप सम्म नक्कली, महंगा र युवामाझ लोकप्रिय मोटरसाइकल टार्गेट
चोरीका मोटरसाइकलको लागि बिलबुक बनाउने काम बाराका सागर आलेले गर्ने गरेको पाइएको छ । उनले यातायात व्यवस्था कार्यालयको छाप सहितको विभिन्न सहकारीको नाममा रहने गरि बिलबुक तयार गर्ने गर्थे। ति बिलबुकहरुमा यातायात व्यवस्था कार्यालयको निलो रंगको छाप लगाइएको छ । तर यातायात व्यवस्था कार्यालय, मोटरसाइकल समिति गुर्जुधाराका अनुसार त्यहाँ कालो रंगको छाप प्रयोग हुने गरेको छ। 
उनीहरुले चोरी र बिक्रिगरेको मोटरसाईकल बिशेष गरेर युवा सर्कलमाझ लोकप्रिय रहेको मोटरसाईकल रहेका छ । पल्सर २२० , डुक लगायतका मोटरसाइकल उनीहरुले बढी मात्रामा नेपालमा बिक्रि गर्ने गरेको पाईएको छ। उनीहरुले उक्त मोटरसाइकल २ लाख देखि ६ लाख सम्ममा बेच्ने गरेको समेत प्रहरीले जनाएको छ । 
तीन जना अझै फरार 
उक्त धन्दामा संलग्न तिन जना अझै फरार रहेका छन्। प्रहरीका अनुसार बिरगंजका साजन शाह, बुटवलका बिराज मगर र बाराका सागर आले अझै फरार रहेका छन्। उनीहरुलाई छिटो भन्दा छिटो पक्राउ गरिने प्रहरीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: