
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- बिना स्वीकृति राष्ट्र बैंकको नियम विपरित ‘कार्डबाट कार क्यास ब्याक लगातार’ अफर ल्याएर राष्ट्र बैंकलाई ठाडो चुनौती नबिल बैंकले दिएपछी बैंकलाई राष्ट्र बैंकले कार्वाहीको तयारी गरेको छ । बैंकहरुले बग्रेल्ती जिन्सी उपहारको स्किम ल्याएर बैंकिङ प्रतिष्ठा नै घटाएको भन्दै नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन मार्फत यस्तो कार्य नगर्न भन्दै नियम जारी गरेको थियो । तर राजनीतिक आडका भरमा पटक-पटक नेपाल राष्ट्र बैंकको नियमलाई अपव्याख्या गर्दै अगाडी बढेको भन्दै बैंकलाई कारवाहीको प्रक्रिया थालिएको बुझिएको छ ।
‘राष्ट्र बैंकले चाउचाउ कम्पनी जसरी जिन्सी उपहारको स्किम नल्याउन यस अघि नै निर्देशन जारी गरिसकेको छ । नबिल बैंकले यो योजनाका लागि राष्ट्र बैंकबाट स्वीकृति लिएको छैन, यो योजना एकीकृत निर्देशन प्रतिकुल छ ।यसबारे राष्ट्र बैंकमा छलफल भइरहेको छ । नबिललाई कारवाहीको तयारी गर्ने विषयमा पनि छलफल चलेको छ । ‘ राष्ट्र बैंकका प्रवक्ता राजेन्द्र पण्डितले भने । नबिलले आफ्ना भिसाकार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी नगद फिर्ता योजना सहित बम्पर उपहार योजना ल्याएको छ। ‘कार्ड बाट कार क्यास ब्याक लगातर’ नामक यस योजना अन्तर्गत बैंकले नगद फिर्ता सहित उपहारमा हुन्डाईको कार दिने योजना ल्याएको छ । लगातार रुपमा जनतालाई ठगी गरिरहेको हुन्डाई कम्पनीले पनि नबिल बैंकसँग सहकार्य गरेको छ ।
कारवाही प्रक्रिया अगाडी नबढाउन ‘पोलिटिकल प्रेसर’
यसो त केहि समय अगाडी देखि नै राजनीतिक आडमा नबिल बैंकले राष्ट्र बैंकलाई ठाडो चुनौती दिने काम गरिरहेको छ । बैंकर्स एसोसीएसनलाई समेत बैंकले केहि समय अगाडी चुनौती दिएको थियो । ‘नबिल बैंकले जे गरेपनि हुन्छ भन्ने जस्तो भएको छ । कारवाहीका लागि छलफल चलायो । पोलिटिकल प्रेसर आउँछ । ठाडो धम्की आउँछ ।’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘राष्ट्र बैंक नबिलकै कारण कमजोर भएको धेरैमाझ लुकेको छैन । तर नबिललाई कसले छुने । ठुला घरानाको बैंक जो छ । अव कसले प्रेसर दियो भन्ने कुरा हामीले भन्न पनि मिल्दैन । जागिरकै रिस्क छ । तर नबिलको दादागिरीले सीमा नाघीसकेको छ ।राष्ट्र बैंकको नियमलाई अटेर गर्दै नेपाल टेलिकमबाट निक्षेप उठाउने, कहिले सर्कुलरको अपव्याख्या गर्दै अरु बैंकको सीइओलाई डेपुटी बनाउने । मनपरी छ बैंकमा ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्