
काठमाडौं – नागरिक लगानी कोषको २३.१५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कोषले वैशाख ७ गते हुने २२ औं वार्षिक साधारण सभामा २२% बोनस र कर तिर्न १.१५% नगद गरी कुल २३.१५% लाभांश दिने प्रस्ताव गर्दैछ । यसका लागि लगानी कोषले बिहीबार (चैत २२ गते) देखि सभा हुने दिनसम्म बुक क्लोज गर्न लागेको छ ।
यसअधारमा, बुधबारसम्म कायम सेयरधनीले मात्र नागरिक लगानी कोषको लभांश पाउने छन् । नयाँ लगानीकर्ताले पनि लाभांश सुरक्षित गर्न बुधबारभित्र कोषको सेयर किनेको हुनुपर्नेछ । नागरिक लगानी कोषले बोनसमा १६ करोड २८ लाख ५८ हजार २७२ रुपैयाँ र नगद लाभांश बापत ८५ लाख ७१ हजार ४८८ रुपैयाँ खर्च गर्नेछ । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ ।
आर्थिक वर्ष २०७२–७३ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा, नोक्सान सहितका हिसाब किताबको प्रतिवेदन पनि पेश गरिनेछ । हाल नागरिक लगानी कोषको सेयर पुँजी ७४ करोड ३ लाख रुपैयाँ छ । बोनसपछि पुँजी ९० करोड ३१ लाख ५८ हजार २७२ रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्