
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नागरिक लगानी कोषको २२% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि लगानी कोषको सेयर मूल्य प्रतिकित्ता २ हजार २५३.२८ रुपैयाँ कायम भएको छ । बिहीबार कोषको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने २ हजार ७८५.६४ रुपैयाँ छ । हाल नागरिक लगानी कोषको सेयर पुँजी ७४ करोड ३ लाख रुपैयाँ छ । बोनसपछि पुँजी ९० करोड ३१ लाख ५८ हजार २७२ रुपैयाँ पुग्नेछ ।
नागरिक लगानी कोषले वैशाख ७ गते हुने २२ औं वार्षिक साधारण सभामा २२% बोनस र १.१५% नगद गरी कुल २३.१५% लाभांश दिने प्रस्ताव गर्दैछ । यसका लागि कोषले बिहीबार (चैत २२ गते) देखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । सभामा आर्थिक वर्ष २०७२–७३ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा, नोक्सान सहितका हिसाब किताबको प्रतिवेदन पनि पेश गरिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्