
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नागरिक लगानी कोषको वार्षिक साधारण सभा शुक्रबार हुने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुँदैछ । सभामा कोषले २२% बोनस सेयर वितरण गर्ने प्रस्ताव लैजानेछ । त्यस्तै, कर तिर्न १.१५% नगद लाभांश दिने पनि सभाको एजेन्डा छ ।
नागरिक लगानी कोषले बोनसमा १६ करोड २८ लाख ५८ हजार २७२ रुपैयाँ र नगद लाभांश वापत ८५ लाख ७१ हजार ४८८ रुपैयाँ खर्च गर्नेछ । आर्थिक वर्ष २०७२–७३ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा, नोक्सान सहितका हिसाबकिताबको प्रतिवेदन पनि सभामा पेश गरिनेछ ।
साधारण सभा गर्न कोषले चैत २२ देखि शुक्रबारसम्म बुक क्लोज गरेको छ । चैत २१ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् । हाल नागरिक लगानी कोषको सेयर पुँजी ७४ करोड ३ लाख रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्