
काठमाडौं – नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र विमलेन्द्र निधिबिच चर्काचर्की भएको छ । निर्वाचनको समिक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा अधिकांस नेताहरुले सभापतिको कार्यशैलीका कारण लज्जास्पद पराजय भएको बताईरहेका बेला निधिले पौडेलका कारण निर्वाचनमा पराजय भागेको वताएका थिए ।
निर्वाचनमा कांग्रेसको पराजय भएको छ, तर यो पराजय सभापति देउवका कारण नभई नेता रामचन्द्र पौडेल पक्षका कारण भएको हो,-उनले बैठकमा भने -निर्वाचनअघि कुनैपनि स्थानमा उहाँहरुले भागबन्डा खोज्नु भयो, निर्वाचनमा टिकट लिँदा पनि भागबन्डालाई नै प्रिय ठान्नु भयो, भागबन्डाका कारण पार्टीले पराजय भोग्यो ।
निधिले निर्वाचन पराजयको दोष नेता पौडेलमाथी थुपार्न थालेपछि पौडेल पक्षका नेताहरुले आपत्ति जनाएका थिए । कतिपय नेताले सभापति देउवालाई गलत बाटोमा निधिले नै लगेको आरोप बैठकमै लगाएका थिए । पौडेल पनि आक्रोसित हुँदै निधिमाथी खनिएका थिए ।
एक महिनादेखि कांग्रेस केन्द्रीय समितिको बैठक चलिरहेको छ । पुरानो कांग्रेस नभई नयाँ कांग्रेस बनाउन युवा नेताहरुले पार्टीको मुख्य नेतृत्वलाई सुझाव दिएका छन् भने मुख्य नेतृत्व भने आपसमा दोषारोपण गरिरहेको छ । पौडेल पक्षका केन्द्र्रीय सदस्यदेखि बिद्यार्थी नेतासम्म देउवा पक्षको विरोधमा जुटेका छन् भने देउवा पक्ष आफ्नो बचाउनमा उत्रेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्