
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल इन्सुरेन्सको १००% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रद समायोजनपछि यो इन्सुेन्सको सेयर भाउ प्रतिकित्ता ५०३ रुपैयाँ कायम भएको छ । आइतबार नेपाल इन्सुेन्सको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने ६९४.२५ रुपैयाँ छ । हकप्रद निष्कासनका लागि नेपाल इन्सुरेन्सले शुक्रबार (चैत २२ गते) बुक क्लोज गरेको हो । कम्पनीले वैशाख ५ गतेदेखि १ः१ अनुपातमा ३० लाख १९ हजार ८८६.१० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ ।
हकप्रदपछि चुक्ता पुँजी ६० करोड ३९ लाख ७७ हजार २२० रुपैयाँ पुग्नेछ । कम्पनीले यस पुँजीमा २.२६% बोनस सेयर दिने घोषणा पनि गरिसकेको छ । यता, कम्पनीले वैशाख १२ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा १००% हकप्रद बिक्रीपछि कायम पुँजीमा फेरि ६५% हकप्रद जारी गर्ने प्रस्ताव पेश हुँदैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्