×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्सुरेन्सको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन, के तपाईले सुरक्षित गर्नु भो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल इन्सुरेन्सको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन, के तपाईले सुरक्षित गर्नु भो ?

६ बैशाख २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल इन्सुरेन्स कम्पनीको ४.५३% बोनस सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख २१ गते हुने वार्षिक साधारण सभामा हाल कायम चुक्ता पुँजीको ४.५३% बोनस दिने प्रस्ताव गर्दैछ । यसका लागि नेपाल इन्सुरेन्सले शुक्रबार बुक क्लोज गर्न लागेको हो । 
हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ३० करोढ १९ लाख ८८ हजार ६१० रुपैयाँ छ । यही पुँजीमा ४.५३% बोनस सेयर दिन लागिएको हो । कम्पनीले कर तिर्न ७ लाख १९ हजार २५.५३ रुपैयाँ नगद लाभांश पनि दिनेछ । यसैगरी, नेपाल इन्सुरेन्सले बुधबार (वैशाख ५ गते) देखि १००% हकप्रद पनि बिक्री खुला गरेको छ । हकप्रदपछि कायम पुँजीलाई आधार मान्ने हो भने बोनस दर २.२६% मात्र हुन आउँछ ।
बोनस र हकप्रद सेयरपछि नेपाल इन्सुरेन्सको चुक्ता पुँजी ६१ करोड ७६ लाख ३८ हजार ७०५ रुपैयाँ मात्र पुग्नेछ । यो इन्सुरेन्सले बिक्री भइरहेको १००% हकप्रद र बोनसपछि कायम पुँजीमा फेरि ६५% हकप्रद जारी गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ । फेरि हकप्रद जरी गरिसकेपछि मात्र बिमा समितिले तोकेको न्यूनतम १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी