×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल लाइफ र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सम्झौता

२२ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाली बीमा बजारमा सर्वाधिक लोकप्रिय कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एभरेष्ट बैंक लिमिटेडका ग्राहकहरूलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन बीमा सेवा उपलब्ध गराउने भएको छ । दुई कम्पनीबीच चैत २० गते बैंकासुरेन्ससम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौतापत्रमा नेपाल लाइफका तर्फबाट प्रमुख कर्पोरेट मार्केटिंग पवन कुमार खड्का र एभरेष्टका तर्फबाट नायब महाप्रबन्धक केशव राज पौडेलले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।
यो सम्झौतासँगै अब एभरेष्टका नेपालभर रहेका सबै शाखाहरूबाट बैंकका ग्राहकहरूले छिटोछरितो तथा सहज रूपमा बीमा लेख प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न र जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा सुबिधा प्राप्त गर्न सहज हुनेछ ।
कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना १ सय २४ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले सन् २०१३, २०१४, २०१६ र २०१७ मा गरी चार पटक न्यू बिजनेस एज प्रालिद्वारा प्रदान गरिने ‘बेस्ट म्यानेजमेण्ट अवार्ड’ प्राप्त गरिसकेको छ ।
साथै, विश्वव्यापी परामर्शदाता कम्पनी फ्रष्ट एण्ड सुलिभानद्वारा प्रदान गरिने ‘बेष्ट प्राक्टिस अवार्ड २०१६’ अन्तर्गतको फाइनान्सियल इन्ष्टिच्यूशन अफ द इयर– इन्स्योरेन्स कम्पनी’ अवार्डसमेत पाउन सफल भएको छ । यो अवार्ड उत्कृष्ट सेवा सुविधा तथा व्यवस्थापन भएको कम्पनीलाई दिइने गरिन्छ ।
कम्पनीले आफ्ना बीमालेख धारकहरूलाई ६५ देखि ८२ रुपैयाँसम्म (प्रतिहजारमा) बोनस दिने अग्रणी इन्स्योरेन्स कम्पनीको रूपमा आफूलाई उभ्याउन सफल भएको छ ।
नेपालको बीमा बजारमा एकतिहाइ बजार हिस्सा ओगटेको यस कम्पनीको अधिकृत पूँजी रु ५ अर्ब, चुक्तापूँजी रु ३ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी