
काठमाडौं – नेपाल प्रहरीका बरिष्ठ अधिकृतहरु एकपछि अर्काे गर्दै ३३ किलो सुन प्रकरणमा पक्राउ पर्न थालेका छन् । पूर्व डिआइजी गोविन्द निरौला पक्राउ परेको केही दिनमै मकवानपुर जिल्लाका प्रहरी प्रमुख एसपी विकासराज खनाल पक्राउ परेका छन् । उनलई मंगलबार साँझ खनालसँग गृहमन्त्रालयबाट गठित समितिले बयान लिएको थियो । बयान लिएलगतै उनलाई प्रधान कार्यालयको एक नम्बर गणमा लगिएको स्रोतले जनाएको छ ।
त्यसैगरी अर्का प्रहरी अधिकृत भने गृहमन्त्रालयमा बयान दिइसकेपछि फरार भएका छन् । इटहरीमा कार्यरत् प्रहरी नायब उपरीक्षक डिएसपी सञ्जय राउतको बयान लिएको थियो । राउत बयानकै बीच गृहबाट निस्किएका थिए । त्यसपछि उनी फरार भएको स्रोतले बताएको छ ।
३३ केजी सुनका म्ुख्य मालिक फरार अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीसँग यी प्रहरी अधिकृतहरुको नियमित सम्पर्क हुने गरेको तथ्य छानविन समितिले फेला पारेको छ । तथ्य आधारमा सत्य बुझन छानविन समितिले उनीहरुलाई बयानका लागि बोलाउने र थुनामा राख्ने गरेको छ । अन्य प्रहरी अधिकृतपनि छानविनको दायरामा आउने समितिले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्