×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल सेवा लघुवित्तको आइपीओ आउंदै, कहाँ जाने भर्न?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल सेवा लघुवित्तको आइपीओ आउंदै, कहाँ जाने भर्न?

४ बैशाख २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – वैशाख १२ गतेदेखि नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको १ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये ३ हजार ६०० (२%) कित्ता कम्पनीका कर्मचारी र ९ हजार (५%) कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी १ लाख ६७ हजार कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।
यो आइपीओमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने जेठ १० गतेसम्म भर्न सकिने व्यवस्था छ । यसमा न्यूनतम ५० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले आस्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । कम्पनीले ३०% सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । ७०% हिस्सा भने संस्थापकसँगै रहनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । नेपाल सेवाकोे केन्द्रीय कार्यालय सिन्धुपाल्चोक जिल्लामा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी