×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल सेवा लघुवित्तको आइपीओ आजदेखि खुल्ला, आस्वाबाट पनि भर्न पाउने

PRIME CA

नेपाल सेवा लघुवित्तको आइपीओ आजदेखि खुल्ला, आस्वाबाट पनि भर्न पाउने

१२ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको बुधबारदेखि आइपीओ खुला भएको छ । कम्पनीले १०० रुपैयाँ दरको १ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ३ हजार ६०० (२%) कित्ता कम्पनीका कर्मचारी र ९ हजार (५%) कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी १ लाख ६७ हजार कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।
यो आइपीओमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम ५० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले आस्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । कम्पनीले ३०% सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । ७०% हिस्सा भने संस्थापकसँगै रहनेछ । यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: