
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- पटक पटक विभिन्न काण्डमा मुछीरहेकी नेपाल टेलिकमकि महाप्रबन्धक कामिनीराज भण्डारी पुन: अर्को काण्डमा फसेकी छिन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो संगठनको ब्यानरमा टेलिकमको लोगोसहित सिमकार्ड वितरण भएपछी उनी अर्को काण्डमा फसेकी हुन् । त्यसमाथि पनि यो प्रकरणलाई लिएर नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको केन्द्रीय समितिले नेपाल टेलिकमकी महाप्रवन्धकलाई बुधबार ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएपछी त कामीनीको सात्तोपुत्लो नै उडेको छ ।

कामिनीलाई भेट्दै नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्षद्वय रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, सह–महामन्त्री परमेश्वर शाह, केन्द्रीय सदस्य सुशील भट्ट, प्रकाश सेढाई, हरि शर्मा लगायतका नेविसंघका नेताहरुको उपस्थितिमा केन्द्रीय क्याम्पस कीर्तिपुरका विश्वविद्यालय समिति अध्यक्ष हरि आचार्यको संयोजनमा ४ बुंदे ज्ञापनपत्र बुझाउँदै यस्तो किन गरियो भन्ने बारे छानविन गर्न समेत अल्टिमेटम पाएपछि भण्डारी झन् विवादमा तानिएकी हुन् । ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेवि संघका केन्द्रीय सदस्य सुशील भट्टले चौबीस घण्टाभित्र कुनै ठोस निर्णय नलिए नेविसंघले गर्ने कुनै पनि कदमको सम्पूर्ण जिम्मेवारी टेलिकमले नै लिनुपर्ने बताएपछी यो प्रकरणले झन् ठुलो रुप लिने संकेत दिएको थियो ।
ज्ञापनपत्र बुझ्दै टेलिकमका प्रमुख कामिनीराजराज भण्डारीले विद्यार्थीले चौबीस घण्टाभित्रै अखिल क्रान्तिकारीको नाममा वितरण गरिएको सबै सिम रद्द गर्ने र उक्त कार्यमा संग्लग्न जो कोहीलाई कारवाही गरिएको जानकारी चौबीस घण्टाभित्रै पत्रकार सम्मेलनमार्फत जानकारी गरिने बताएपछी केहि समयका लागि यो प्रकरण सामय त भएको छ, तर अनुसन्धानले के देखाउँछ भन्ने अर्को पाटो पनि गम्भीर रुपमा आउने देखिन्छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्