
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – एनआईसी एशिया बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ९२ करोड ७६ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशत अर्थात २१ करोड सात लाख रुपैयाँ कम नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एनआईसी एशिया बैंकले एक अर्ब १३ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब तीन करोड ११ लाख १७ हजार रुपैयाँ चुक्तापूँजी रहेको बैंकले जगेडा कोषमा तीन अर्ब एक करोड ८२ लाख सात हजार रुपैयाँ राखेको छ । निक्षेपमा ६९ प्रतिशत वृद्धि गरी एक खर्ब ३३ अर्ब ७२ करोड ६५ लाख ९० हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ एक खर्ब आठ अर्ब ९६ करोड ३६ लाख १४ हजार लगानी गरेको छ।
बैंकको खुद व्याज आम्दानी ४४ प्रतिशतले बढेर दुई अर्ब ६५ करोड ५२ लाख ५३ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८.८६ प्रतिशतले घटेर एक अर्ब २१ करोड २८ लाख ७८ हजार रुपैयाँ कायम भएको छ । यो अवधिमा १८ करोड दुई लाख नौ हजार रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ५१ करोड ३३ लाख १८ हजार रुपैयाँ राखेको छ ।
चैत मसान्तसम्म बैंकको कर्जा शून्य दशमलव २२ प्रतिशत, तरलता अनुपात २० दशमलव ४२ प्रतिशत, प्रतिसेयर आम्दानी १५ दशमलव ४९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३७.५८ रुपैयाँ रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्