
काठमाडौं – एनआईसी एशिया बैंकको नयाँ शाखा नवलपरासी स्थित गैंडाकोटमा सञ्चालनमा ल्याएको छ । मंगलबार समारोहका बिच गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र बैंकका संचालक राजेन्द्रप्रसाद अर्यालले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा स्थानीय निकायमा बैंकिङ सेवा नपुगेको एवं त्यहाँ बसोबास गर्ने सबै व्यापारी, व्यवसायी तथा स्थानीय सर्वसाधारण, कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रममा संचालक राजेन्द्रप्रसाद अर्यालले बैंकले आमसर्वसाधारणको बृहत्तर हितप्रति समर्पित उत्कृष्ट बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै आइरहेको बताएका थिए ।
बैंकका हालसम्म १९२ शाखा कार्यालयहरु, १९५ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो संजाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार १५५ अर्ब रुपैयाँभन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब १०७ अर्ब रुपैयाँ र कुल निक्षेप करिब १३१ अर्ब रुपैयाँ रहेको बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्