Skip to content
LAXMI SUNRISE BANK

कीर्तिपुर भत्केपाटीमा एनआईसी एशिया बैंककोे शाखारहित बैंकिङ्ग सेवा सुरु

अर्थ सरोकार

एनआईसी एशिया बैंकले शहरी तथा ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नेको साथसाथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ । सोहि क्रममा बैंकले छैठो शाखारहित बैंकिङ्ग सेवा बैशाख १५ गते कीर्तिपुर नगरपालिकाको भत्केपाटीबाट संचालनमा ल्याएको छ । 
सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कीर्तिपुर नगरपालिकाका, मेयर श्री रमेश महर्जनज्यूले गर्नु भयो । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा श्री गोविन्द अधिकारीज्यूलाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट मुलुकका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधिको मार्फतबाट बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दालाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य तथा ग्रामिण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग बानिको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्न, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) महशुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछन् ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर १९६ शाखा कार्यालयहरु, १९८ एटिएम, ५ वटा एक्स्टेन्सन काउनटर एवं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रु १५७ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु. १०९ अर्ब र कुल निक्षेप करिब रु. १३४ अर्ब पुगिसकेको छ । यो संगै वासलात, कुल कजा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानिमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तिरीक नियन्त्रण प्रणलीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK