
देशमा विद्यमान तरलताको अभावको अवस्था तथा शोधनान्तर खातामा परेको उच्च चाप जस्ता कारणहरुले स्वदेशी बजारबाट मात्र पयाप्त स्रोत परिचालन गरी सरकारले निर्दिष्ट गरेको आर्थिक वृद्धि हासिल गर्नका लागि चाहिने कर्जाको मागलाई पूर्ति गर्न नसकिने वातावरणलाई मध्यनजर गर्दै बंैकले अन्तर्राष्ट्रिय बंैक तथा वित्तीय संस्थाबाट दीर्घकालीन कर्जा लिने सम्बन्धमा पहल गरेको हो । उक्त दीर्घकालीन कर्जा प्रस्ताव नियमनकारी निकायबाट स्वीकृत भई कर्जा सापटी लिई देशमा परिचालन गर्न सकेको खण्डमा बाह्य क्षेत्रबाट समेत स्रोत संकलन गर्ने तथा परिचालन गर्ने प्रयासमा कोशेढुंगा सावित हुने विश्वास बंैकले लिएको छ ।
उक्त कर्जा वापत प्राप्त हुने रकम बैंकले आई एफ सी तथा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रमा लगानी गर्ने र त्यस क्षेत्रमा लगानी वृद्धि हुनाले देशको आर्थिक वृद्धिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास बंैकले लिएको छ ।
साथै, बंैकलाई सवैसाधारणले दर्शाउनु भएको प्रगाढ विश्वास, अगाध स्नेह भरोसाले गर्दा मुलुकभर गरी बंैकका १९२ शाखा कार्यालयहरु, १९५ एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखा रहित बंैकिङ्ग मार्फत सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बंैक हुन सफल भएको छ । यससँगै वासलातको आकार, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले बंैक निजी लगानीमा स्थापित बंैकहरुमध्ये अग्रणी स्थानमा रहेको छ । साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बंैकले पालना गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्