×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एन आई सी एशिया क्यापिटल निस्शुल्क ‘लगानी सचेतना अभियान’मा सक्रिय

PRIME CA

एन आई सी एशिया क्यापिटल निस्शुल्क ‘लगानी सचेतना अभियान’मा सक्रिय

२८ चैत्र २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – लगानीका नयाँ अवसर र जोखिमका बारेमा नयाँ लगानीकर्तालाई अवगत गर्ने उद्देश्यका साथ एन आई सी एशिया क्यापिटलले ‘लगानी सचेतना अभियान’ संचालन गर्दै आएको छ ।
सो अभियानले विशेषतः महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्तालाई लगानीका व्यवहारीक तथा आधारभूत पक्षहरुको बारेमा जानकारी गराउदै आएको छ । 
विभिन्न तहमा अध्ययनरत विद्यार्थि तथा महिलाहरुको सुनिश्चित आर्थिक भविष्यको लागि लगानीले पुर्याउन सक्ने योगदानलाई आत्मसात गर्दै एन आई सी एशिया क्यापिटलले निस्शुल्क रुपमा सो अभियान संचालन गर्दै आएको हो ।
यो अभियान अन्तर्गत हाल सम्म २० भन्दा बढि संस्थाहरुमा एन आई सी एशिया क्यापिटलले लगानी सचेतना सेवा प्रदान गरिसकेको छ । ईच्छुक समुह तथा संस्थाहरुले सो कार्यक्रम आफ्नो संस्थामा गराउनको लागि सम्पर्र्क गर्न सक्ने छन् । 
लगानीकर्तालाई सवल, सुचित तथा उपयुत्त निर्णय लिन एन आई सी एशिया क्यापिटलले विभिन्न माध्यमबाट क्षमता अभिवृद्धिको सेवाहरुका साथै निस्शुल्क डिम्याट सेवा प्रदान गर्दै आएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: