Skip to content
LAXMI SUNRISE BANK

निर्धन उत्थान बैंकको सेयर लिलामीमा आउँदै, यी कुरामा ध्यान नदिए बोलपत्र अस्वीकृत हुने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – निर्धन उत्थान बैंकले ३ लाख ५७ हजार ०८३.१२ कित्ता संस्थापक सेयर लिलामीमा आउने भएको छ । यसमा न्यूनतम ५२३ रुपैयाँलाई आधार मानेर आवेदन दिनुपर्नेछ । बैंकले ५२३ रुपैयाँ भन्दा कम मूल्य तोकी पेस गरिएको बोलपत्र स्वीकृत नगर्ने जनाएको छ । 
वैशाख १६ गतेदेखि लिलामी खुलेर जेठ २० गतेसम्म आवेदन दिनुपर्ने छ । निर्धनले संस्थापक समूहको यो सेयर सर्वसाधारणले पनि किन्न पाउने गरी लिलामीमा ल्याउन लागेको हो । बोलकबोल गर्दा न्यूनतम १०० कितादेखि सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंसहित यसका शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको धनगढी, सुर्खेत, नेपालगञ्ज र नारायणगढ शाखाबाट पनि बोलपत्र भर्न सकिने छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK