
ओखलढुंगा – ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेल कुटिएका छन् । मंगलबार राती अज्ञात समुहले अध्यक्ष पौडेललाई कुटपिट गरेका हुन् ।
यसमा स्थित गाउँपालिकाको केन्द्रमा सुतिरहेका पौडेललाई राती नचिनेका व्यक्तिको समुहले कोठाबाट बाहिर बोलाएर कुटपिट गरेको अध्यक्ष पौडेलले बताए । ‘बाहिर निस्कनुस् जरुरी काम छ’ भन्दै बोलाएर चार जनाको समूहले कुटपिट गरेको उनले बताए ।
लिखुगाउँपालिका ९ पोकलीबाट आएको बताउँदै ति समूहले फोन गरेर बाहिर बोलाएका थिए । उनलाई मुँग्रो प्रहार गरिएको थियो । उनको बाँया घुँडामा चार टाँका लगाईएको छ । शरिरका अन्य भागमा चोट लागेपनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरी राती नै घटनास्थलमा पुगि अनुसन्धान प्रक्रिया अगाडी बढाईएको र अपराधी खोजी भईरहेको डिएसपी अनन्तराम शर्माले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्