
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ओम डेभलपमेन्ट बैकले २६ करोड ६२ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा यो नाफा ०.२१% ले मात्र धेरै भएको हो । गत आवमा यो बैंकले २६ करोड ५७ लाख १६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
सञ्चालन नाफा ४० करोड ४३ लाख १२ हजार रुपैयाँ र खुद ब्याज आम्दानी ५३ करोड ९६ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष सञ्चालन नाफा ३९ करोड ९७ लाख २० हजार रुपैयाँ र खुद ब्याज आम्दानी ५३ करोड २७ लाख १० हजार रुपैयाँ रहेको थियो ।
ओमले १९ अर्ब १४ करोड ७१ लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब १० करोड ६० लाख ९२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा अनुपातलाई सुधार गरी ०.८२% झारेको छ । गत वर्ष खराब कर्जा १.२८% थियो । कस्ट अफ फन्ड ७.६७% बाट बढेर ९.२२% पुगेको छ ।
ओमले चुक्ता पुँजी ८४.९०% ले वृद्धि गरी २ अर्ब ५१ करोड ५२ लाख ३६ हजार रुपैयाँ पुर्याएको छ । बैंकले चुक्ता पुँजीका साथै जगेडा कोषलाई पनि वृद्धि गरेको छ । जगेडा कोषमा अहिले ६७ करोड ९० लाख ६६ हजार रुपैयाँ छ । गत वर्षको तुलनामा जगेडा कोष पनि २७.४५% ले धेरै भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्