Skip to content
LAXMI SUNRISE BANK

अनलाइनबाट गरिने बैंकिङ कारोबारमा राष्ट्र बैंकको कडाइ ! यी हुन् पछिल्ला ११ नियम ! (नियमको विवरणसहित)

अर्थ सरोकार

  • रेखा ग्वायमरु / अर्थ सरोकार डटकम 
काठमाडौँ- अनलाइनबाट गरिने बैंकिङ कारोबारमा राष्ट्र बैंकको कडाइ गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो नियममा क्रेडिट कार्ड प्रयोग गर्दा, विद्युतीय प्रणाली प्रिपेड कार्डबाट गरिने कारोबार लगायतका सम्बन्धित कुराहरुमा नयाँ नियम आएको छ । हेर्नुहोस् नेपाल राष्ट्र बैंकले पछिल्लो समय ल्याएका नियमहरु :
१. अवदेखि क्रेडिट कार्डबाट स्वीकृत सीमाको २५ %भन्दा बढि नगद झिक्न नपाइने भएको छ ।
२. विद्युतीय प्रणाली प्रिपेड कार्डबाट गरिने कारोबार १००००० रुपैयाँभन्दा बढिको जारी गर्न नपाइने भएको छ ।
३. प्रिपेड कार्डबाट नेपालभित्र नगद झिक्दा न्युनतम ५०० र अधिकतम १०००० सम्म झिक्न पाइने व्यवस्था छ। एक महिनामा ५० हजारसम्मसम्म मात्र झिक्न पाइने छ।
४. डेबिट कार्डबाट एक पटकमा न्यूनतम ५०० देखि अधिकतम २५००० सम्म झिक्न पाइने ब्यवस्था छ । एक दिनमा १००००० सम्म झिक्न पाइने छ ।
५ .मोबाइल बैंकिङबाट एक पटकमा भुक्तानी गर्दा ५००० रुपैयाँसम्म र अधिकतम एक दिनमा १०००० सम्म मात्र गर्न पाइन्छ । महिना दिनमा ५०००० रुपैयाँ सम्म मात्र पाइने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।
६. इन्टरनेट बैंकिङबाट भुक्तानी गर्दा दैनिक १००००० सम्म कारोबार गर्न सकिने छ । मासिक रुपमा ५००००० रुपैयाँसम्म मात्र कारोबार गर्न पाइने छ ।
७. इन्टरनेट बैंकिङबाट बैंक तथा वित्तीय संस्थाको खातामा नगद पठाउँदा अधिकतम १००००० र मासिक १०००००० सम्म पठाउन मिल्ने छ।
८ . भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको इवालेट, मोवाइल वालेट, डिजिटल वालेटहरुमा नगदै वा ट्रान्सफर गरी जम्मा गर्न सकिने ब्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । एजेन्ट र सव एजेन्टबाट एक पटकमा अधिकतम ५०००० सम्म र एक दिनमा १५००० सम्म र मासिक २५००० सम्म जम्मा गर्न सकिने छ।
९. सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नु पर्ने कर, राजश्व, जरिवाना तथा दस्तदुरलगायतका शुल्कहरु बील बमोजिमको भुक्तानी गर्न मिल्ने छ।
१०. बैंकबाट वालेटमा एक पटकमा कम्तिमा १०० र अधिकतम ५००० सम्म जम्मा गर्न पाइने छ । दिनभरीमा १५००० सम्म जम्मा गर्न पाइने छ।
११. . बैंकहरुमा रहेको खाताबाट भुक्तानी सेवा प्रदायक संस्थाहरुले सञ्चालन गरेको वालेटमा त्यही दिन भुक्तानी गर्ने प्रयोजनका लागि एक पटकमा ५०००० सम्म ट्रान्सफर गर्न सकिने छ । वालेटमा २५००० भन्दा बढि राख्न पाइने छैन ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK