×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतबाट फर्किएका ओली अचानक किन भयो व्यस्त ? यस्तो छ उनको ‘प्याक सेडुल’

PRIME CA

भारतबाट फर्किएका ओली अचानक किन भयो व्यस्त ? यस्तो छ उनको ‘प्याक सेडुल’

अर्थ सरोकार

२६ चैत्र २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ  – प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्किएका छन् । गत शुक्रबार ५४ सदस्यीय टोलीको नेतृत्व गरेर भारत भ्रमणमा निस्किएका ओली हिजो साँझ नेपाल आइपुगेका हुन् ।
भ्रमणअवधि भर धपेटीमा रहेका अ‍ोलीलाई नेपालमा पनि केही व्यस्तता बढ्ने भएको छ । नेपाल फर्किए लगत्तै ओलीले वाम एकताका विवादित विषय टुंग्याउन व्यस्त हुनुपर्नेछ । एकताका लागि गठित दुई कार्यदलले विवादलाई थाँती राखेर २२ चैतमा प्रतिवेदन बुझाएका छन् । सोही दिन बसेको संयोजन समितिको बैठकले प्रतिवेदनलाई ‘सकारात्मक रुपमा ग्रहण गरेको छ । र, विवादका विषयलाई ओलीको नेपाल फिर्ती लगत्तै संयोजन समितिको बैठक बसेर हल गरिने समेत निर्णय गरेको छ ।
एमाले र माओवादी केन्द्रबीच पार्टी कमिटीमा भागवण्डा र जनयुद्ध शब्दका विषयमा असहमति छ । त्यसैले ओली संयोजन समितिको बैठक र त्यस अगावै विवादका विषयमा सहमति जुटाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा व्यस्त हुनेछन् ।
यस्तो छ ओली व्यस्त हुनुको कारणः
बैशाख १ गते उनी रारा–कर्णाली महोत्सव उद्घाटनका लागि मुगु पुग्नेछन् । त्यहीँबाट राष्ट्रका नाममा सम्बोधन गर्ने ओलीको कार्यक्रम छ ।
एमालेले बैशाख ६ गते पोलिटब्युरो र ७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीको महत्वपूर्ण बैठकका लागि एजेण्डा तय गर्ने र दस्तावेज लेख्ने जिम्मेवारीपनि ओलीकै हुन्छ ।
यसपटक बस्ने एमालेको केन्द्रीय र पोलिटब्युरो बैठक बहुआयामिक महत्वको हुनेछ । यो नियमित बैठक होइन, किनभने माओवादी केन्द्रसँग पार्टी एकताको औपचारिक निर्णय यही बैठकले गर्नेछ ।
पार्टीको नीति र कार्यक्रमका विषयमा एमालेको केन्द्रीय समितिको बैठकले लिने निर्णयले एकतालाई सहज वा असहज बनाउन सक्छ ।
ओली भारत भ्रमण जानुअघि बसेको स्थायी समितिको बैठकले केन्द्रीय कमिटी र पोलिटब्युरोले पार्टी नीति कार्यक्रम र बजेटमाथि छलफल गर्ने भनेको छ । 
यस्तै, दुवै पार्टीबीच ९ बैशाख ०७५ मा एकता घोषणा गर्न सहमति भइसकेको छ । कार्यदलले ९ बैशाखमा एकता घोषणा गर्न राखेका प्रस्तावमा संयोजन समितिले स्वीकृति दिइसकेको छ ।
दुवै पार्टीले घोषणा सभालाई भव्य बनाउन तयारी तीब्र बनाउने निर्णय गरिसकेका छन् । पाँच लाख कार्यकर्ता र सर्वसाधारणको उपस्थितिमा एकता घोषणा गर्ने दुई पार्टीको योजना छ । 
एकता घोषणापछि जेठ १५ गतेको बजेट तयारीमा पनि ओली व्यस्त हुनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: