×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्नी राधिकासहित ५४ सदस्यीय टोली लिएर प्रधानमन्त्री ओली भारत प्रस्थान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पत्नी राधिकासहित ५४ सदस्यीय टोली लिएर प्रधानमन्त्री ओली भारत प्रस्थान

Artha Sarokar

२३ चैत्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली ३ दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल वायु सेवा निगमको निजी विमानबाट प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे भारत गएका हुन् ।
५४ सदस्यीय प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने अजरबैजानको बाकुबाट सीधै नयाँदिल्ली जानेछन् । उनी असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन बाकुमा छन् ।
ओली भारत प्रस्थान गर्नुअघि सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष, रक्षा मन्त्री ईश्वर पोखरेल, एमाले उपाध्यक्ष वामदेव गौतम, सुरक्षा निकायका प्रमुखहरुलगायतले विमानस्थलमा विदाइ गरेका थिए ।
प्रधानमन्त्री ओली इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पौने एघार बजे अवतरण गर्नेछन् । प्रधानमन्त्री ओली, पत्नी राधिका र मन्त्रीहरुलाई हैदरावाद हाउसमा बस्ने व्यवस्था मिलाइएको छ । भ्रमण टोलीका अन्य सदस्यहरुलाई ताजमानसिंह होटलमा बस्ने व्यवस्था मिलाइएको छ । दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो । ओली भ्रमण सकाएर आइतबार स्वदेश फर्कने छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी