
काठमाडौँ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा ‘वान टु वान’ वार्ता सुरु भएको छ। वार्ताका लागि प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेबाट सिधै बालुवाटार पुगेका थिए।
वार्ता साढे १० बजेदेखि सुरु भएको बालुवाटार स्रोतले जनाएको छ । पार्टी एकताको विषयमा पछिल्लो समय देखिएको असमझदारी हटाउन दुई अध्यक्षबीच छलफल हुने ओली निकटका एक नेताले बताए। पार्टी एकता गर्ने भनेर सार्वजनिक गरिएको मिति नजिकिँदै जाँदा असमझदारी देखिन थालेपछि अध्यक्षहरु नै बसेर विवादका विषय टुंगो लगाउने प्रयत्न गरेका हुन्।
प्रचण्ड आइतबार सुकुटेतर्फ लागेका थिए। असमझारीका बीच एकता संयोजन समितिको बैठक केही समययता स्थागित हुँदै आएका छन्। दुई नेताबीचको वार्तापश्चात् समितिको बैठकको मिति पनि तोकिने अपेक्षा गरिएको छ।
गत चैत्र २२ मा बसेको वाम गठबन्धन पार्टी एकता संयोजन समितिको बैठकले बैसाख ९ गते पार्टी एकताको औपचारिक घोषणा गर्ने निर्णय गरेको थियो। तर पछिल्लो समय दुवै पार्टीका नेताहरुले बैशाख ९ मा पार्टी एकता नहुने आशयका अभिव्यक्ति दिन थालेका छन्।
माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रियामा बराबरी हिस्सा खोजेपछि पछिल्लो असमझदारी सतहमा आएको थियो। त्यसका साथै एकीकृत पार्टीमा नेताहरुको व्यवस्थापनलाई लिएर माओवादीभित्र असन्तुष्टि देखिएको छ। पार्टीभित्रको असन्तुष्टि बाहिर आउन थालेपछि प्रचण्ड दबाबमा छन्। त्यस्तै एकीकृत पार्टीको चुनाव चिह्न, जनयुद्ध र जबजको विषयमा पनि समझदारी बनिसकेको छैन।
त्यस्तै, आजै एमाले स्थायी कमिटी बैठक पनि बोलाइएको छ। दुई अध्यक्षबीचको वार्ता सकिएपछि एमाले बैठक बस्न लागेको हो। बैठक बालुवाटारमै बस्नेछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्