Skip to content
LAXMI SUNRISE BANK

पोखरा फाइनान्सको नयाँ शाखा बेंसीशहरमा

अर्थ सरोकार

पोखरा लेखनाथको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले लमजुङको वेंसीशहर बजारमा नयाँ शाखा समुद्घाटन गरी सञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहकसेवा विस्तार हेतु खोलिएको यस वेंसीशहर शाखाको समुद्घाटन लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा एवं वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङले संयुक्त रुपमा गरेका थिए । 
उक्त कार्यक्रममा लमजुङ उद्योग वाणिज्य संघका भृ्.पृ्. अध्यक्ष भेष बहादुर पौडेल, वेंसीशहर सहकारी समन्वय समितिका अध्यक्ष विमल कुमार श्रेष्ठ, वेंसीशहर वडा नं. ८ की अध्यक्ष पवित्रा थापा रानाले शुभकामना मन्तव्य दिनुको साथै वित्तीय संस्थाका कार्यकारी प्रमुखबाट स्वागत एवं सञ्चालक मे. प्रेम बहादुर थापाले धन्यवाद ज्ञापन गरेका थिए ।
जारी पृ्ंजी रु. ७५.४१ करोड रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप रु. ४ अर्व २३ लाख तथा कर्जा लगानी रु. ३ अर्व ८६ करोड एवं जगेडा कोषमा रु. ४१ करोड ७४ लाख रहेको छ । उक्त वेंशीसहर शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा तथा सिआस्वा लगायतका सेवा दिनुका साथै आ.व. २०७३।७४ को मुनाफा वितरणबाट ने.रा. बैंकद्वारा तोकिएको चुक्ता पृ्ंजी रु. ८० करोड पुर्याउने कार्यकारी प्रमुख राज कुमार गुरुङले जानकारी दिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK