×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा फाइनान्सको सेयर लिलामीमा बिक्रि खुल्ला, यी ठाउँबाट भर्न पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पोखरा फाइनान्सको सेयर लिलामीमा बिक्रि खुल्ला, यी ठाउँबाट भर्न पाइने

१८ चैत्र २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – पोखरा फाइनान्सले आजदेखि १ लाख ८० हजार ७०१.७४ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । फाइनान्सले संस्थापक समूहको ८० हजार ३४८.२७ कित्ता र सर्वसाधारण समूहको १ लाख ३५३.७४ कित्ता सेयर गरी कुल १ लाख ८० हजार ७०१.७४ कित्ता सेयर लिलामीमा बिक्री ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलामी भर्नुपर्नेछ । नेप्सेमा यो फाइनान्सको बिहीबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १४२ रुपैयाँ छ ।
पोखरा फाइनान्सले यसअघि पुस ३० देखि फागुन ६ गतेसम्म ९ लाख ८३ हजार ६८२.७४ कित्ता (१५%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा ३३ हजार ४३८ जनाले ८ लाख २ हजार ९८१ कित्ताका लागि मात्र आवेदन दिएका थिए । बाँकी रहेको १ लाख ८० हजार ७०१.७४ कित्ता सेयर लिलामीमा ल्याइएको हो ।
यसमा आवेदन दिने अन्तिम म्याद चैत २५ गते तोकिएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंसहित शाखा कार्यालय लगनखेल ललितपुरबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, पोखरा फाइनान्सको पोखरा न्यूरोड शाखा र नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, बुटवल, नारायणगढ र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी