Skip to content
LAXMI SUNRISE BANK

पोखरा फाइनान्सको नयाँ शाखा भैरहवामा खुल्यो

अर्थ सरोकार

पोखरा लेखनाथको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले भैरहवामा नयाँ शाखा समुद्घाटन गरी सञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तारको हेतुले खोलिएको यस भैरहवा शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका प्रमुख अशोक कुमार पौडलले गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले बताए । 
उक्त कार्यक्रममा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, पूर्णिमा विकास बैंकका कार्यकारी प्रमुख प्रकाश गुरुङले शुभकामना मन्तव्य दिनुको साथै वित्तीय संस्थाका कार्यकारी प्रमुखबाट स्वागत एवं फाइनान्सका अध्यक्ष भुवनसिं गुरुङले धन्यवाद ज्ञापन गरेका थिए । 
जारी पूँजी रु. ७५.४१ करोड रहेको यस वित्तीय संस्थाको हाल सम्म निक्षेप रु. ४ अर्व २३ लाख तथा कर्जा लगानी रु. ३ अर्व ८६ करोड एवं जगेडा कोषमा रु. ४१ करोड ७४ लाख रहेको छ । उक्त भैरहवा शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा तथा सि–आश्वा लगायतका सेवा दिनुका साथै आ.व. २०७३/७४ को मुनाफा वितरणबाट ने.रा. बैंकद्वारा तोकिएको चुक्ता पूँजी रु. ८० करोड पु¥याउने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए ।  
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK