Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंक र नेपाल मेडिसिटीबीच सम्झौता

अर्थ सरोकार

प्रभु बैंक र ललितपुर जिल्ला ललितपुर महानगरपालिका–११, सैंबुस्थित नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल) बीच प्रभु बैंक लिका कर्मचारी तथा ग्राहकहरुलाई सेवा सुविधामा लाग्ने शुल्कमा छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता आइतबार सम्पन्न भएको छ । 
उक्त सम्झौतामा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर अशोक खड्गी र नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल) का तर्पmबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे । प्रभु बैंक र नेपाल मेडिसिटीबीच सम्पन्न द्विपक्षीय सम्झौताबमोजिम प्रभु बैंकका कर्मचारी तथा बैंकका प्रिभिलेज कस्टुमर एवं डेबिट तथा क्रेडिट कार्ड होल्डरहरुलाई नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल) प्रदान गरिने सेवाहरुमा लाग्ने सेवा शुल्कमा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुने बताएको छ । 
नेपाल मेडिसिटी सँगको यस सम्झौतापश्चात् प्रभु बैंकका सम्पूर्ण कर्मचारी एवं बैंकका उल्लेखित ग्राहक महानुभावहरु नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल) को उच्चस्तरीय स्वास्थ्य सेवा सुपथ मूल्य उपभोग गरी लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK