Skip to content
LAXMI SUNRISE BANK

अति भो शिक्षाका नाममा व्यापार, ‘बिचरी मेरि आमा, भकारी रित्याउँदै छिन्… माफिया मुस्कुराउँदै छ…’

अर्थ सरोकार

  • प्रताप शर्मा 
पैसा कै भरमा राजनीतिलाई प्रयोग गर्दै
शिक्षाको नाङ्लो ब्यापार थापीरहेछन 
बिचरा मेरी आमा , भकारी रित्याएर पैसा बुझाउंदैछिन् 
टिनका कटेरामा पसिना चुहाउंदै गरेको मेरो भाई
गुणस्तर भन्ने माफियाको स्वरमा ताली बजाइरहेछ
त्यो कुखुरा पाल्ने खोरमा किन यति लगानी 
बारम्बार सोध्छु आमालाई , प्रसन्न उत्तर आउँदैन कहिल्यै 
शायद आमा झुकिएकी छन् 
बधुवा बोइलर कुखुरो जस्तो हुर्कन्छ कि भनी
अमुर्त आशा पालीरहेकी छिन् 
समाजबादको भाषण गरीरहेका हाम्रा नेता 
१२ हात उफ्रिदै निशुल्क शिक्षा भन्दै गरेका छन् 
कसरी बोल्न सक्दा हुन्ल गाएर माफियाको फेता 
ताली बजाइरहेछु किनकी यहाँ यस्तै हुन्छ ब्यबस्था 
बजारमा के पो किन्न मिल्ला र ?
ति सबै ति कटेरामा मिल्छ गुणान गरेर चार 
लुटिएको नबुझी सेवामुखी बुझ्ने मेरो बुझाई 
सरकार पनि लाचार छ ,हालेको छ कानमा तेल 
बिचरा मेरि आमा, भकारी रित्याउँदै छिन्… 
माफिया मुस्कुराउँदै छ…
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK