- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्राइम लाइफ इन्सुरेन्सको १६० प्रतिशत हकप्रद भर्ने आइतबार अन्तिम दिन हो । प्राइमले फागुन २७ गतेदेखि ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद बिक्री खुला गरेको हो ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापटिल लिमिटेड नारायणचौर नक्साल तथा प्राइम लाइफ इन्सुरेन्सको मुख्य कार्यालय हात्तिसार काठमाडौं र यसका अधिकांश शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।