×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ राष्ट्रपति नेपाल आउंदै, अब के-के मा हुने भयो सहमति ?

PRIME CA
GLOBAL IME BANK

चिनियाँ राष्ट्रपति नेपाल आउंदै, अब के-के मा हुने भयो सहमति ?

६ बैशाख २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – पहिलो पटक राष्ट्रपति भएदेखि नै चिनियाँ राष्ट्रपति नेपाल अाउने चर्चा चलेपनि उपयुक्त वातावरण नबनेको भन्दै भ्रमण हुन सकेको छैन । चीनले नेपालसँग मित्रवत व्यवहार गरेपनि नेपाली राजनीतिज्ञको भारतसँगको सामिप्यताका कारण चिनियाँ पक्ष सशंकित हुँदै अाएको छ ।
नेपालले विश्वासको वातावरण बनाउन नसक्दा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन नसकेको बताइँदै अाएको छ । तर, अब भने नेपाल भ्रमण अाउने सरकारी स्तरबाटै सहमति भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको चीन भ्रमणको क्रममा सो सहमति भएको थियो । मन्त्री ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच भएको दुई–पक्षीय वार्तापछि दुबै देशको उच्चस्तरिय भ्रमण हुने सहमति भएको छ ।
दुबै देशका मन्त्रीहरुको वार्तापछि संयुक्त पत्रकार सम्मेलन समेत गरेका छन् । चिनियाँ विदेश मन्त्री वाङले चीन र नेपाल अन्तर–हिमालय कनेक्टिभीटी सञ्जालको दीर्घकालिन परिकल्पनामा सहमत भएको बताए । त्यसैगरी वाङले नेपाल र चीनले यसअघि नै बेल्ट र रोड परियोजनामा हस्ताक्षर गरिसकेको जानकारी दिँदै यसमा कनेक्टिभीटीमा सहकार्य पनि एक अंश भएको जिकिर गरे । यसमा दुई देशलाई जलमार्ग, रेलमार्ग, राजमार्ग, हवाईमार्ग, उर्जा र सञ्चारबाट दुई देशलाई जोड्ने योजना समावेश रहेको छ ।
पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपालले आफ्नो भौगोलिक अवस्थाको फाइदा उठाउँदै थप विकासका लागि चीन र भारतलाई जोड्नु पर्ने बताए । उनले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको कुरा दोहोराएको पनि जानकारी दिए ।
नेपाल र चीन जोड्ने रेलमार्गका लागि केरुङ काठमाडौँ र काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन र डिपिआर तयार गर्ने विषयमा पनि दुई नेताहरुबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी दुई देशबीच थप नाकाहरु खुला गर्नुपर्ने र रसुवागढी–केरुङ र तातोपानी नाको स्तरोन्नति तथा तातोपानी नाका चाँडो खुलाउने विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: