
- अर्थ सरोकार सम्बाददाता
महोत्तरी- राष्ट्रिय वाणिज्य बैंकमा हुने कमिसनको खेल छताछुल्ल भएको छ । बैंकको बर्दिवासका शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले ऋण लिएवापतकू कमिसन लिंदै गर्दा ५० हजारसहित रंगेहात पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो । सोमबार मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका टोलीले बैंकका सहायक प्रबन्धक काफ्लेलाई रु ५० हजार रङ्गेहातसहित पक्राउ गरेको हो ।
‘हामीलाई प्राप्त भएको सुचनाका आधारमा हामीले छापा मारेका थियौं । बर्दिवास नगरपालिका–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत सहुलियत दरमा रु १० लाख ऋण उपलब्ध गराएबापत कमिसन लिने क्रममा कार्यालयबाटै नीजलाई पक्राउ पक्राउ गरिएको हो ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक ठाकुर पोखरेलले अर्थ सरोकार डटकमसँग भने, ‘रु १० लाखको पाँच प्रतिशतका दरले रु ५० हजार लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ । काफ्लेलाई नियन्त्रणमा लिएर थप खोजीनिती भइरहेको छ । यो घटनाले सरकारी बैंकमा हुने कमिसनको खेलपनि छताछुल्ल पारेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्